आइपिएलमा दिल्लीमाथि चेन्नईको सानदार जित

गणतन्त्र नेपाल समाचारदाता । २ वैशाख, २०७९

क्यापिटल्समाथि ९१ रनको विशाल जित निकालेको छ।

२ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्ली १७.४ ओभरमा १ सय १७ रनमा समेटियो। दिल्लीका लागि मिचेल मार्शले सर्वाधिक २५ रन बनाए। यस्तै शार्दूल ठाकुर २४, कप्तान ऋषव पन्त २१ र डेभिड वार्नर १९ रनमा आउट भए।

अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। श्रीकार भारत ८, रोभम्यान पावेल ३, रिपल पटेल ६, अक्षर पटेल १, कुलदीप यादव ५  रनमा आउट भए।

चेन्नईका मोईन अलीले सर्वाधिक ३ विकेट लिए। मुकेश चौधरी, सिमरजित सिंह र ड्वेन ब्राभोले समान २–२ विकेट लिए ।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो। चेन्नईका लागि ओपनर डेभन कन्वेले सर्वाधिक ८७ रन बनाए। यस्तै अर्का ओपनर ऋतुराज गायकवाडले ४१ रनको इनिङ्स खेले।

पहिलो विकेटका लागि गायकवाड र कन्वेले ११ ओभरमा १ सय १० रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए।

यस्तै शिवम् दुवेले ३२ रन बनाउँदा कप्तान महेन्द्रसिंह धोनी ८ बलमा १ चौका र २ छक्कासहित २१ रनमा अविजित रहे। अम्बाती रायडु ५, मोइन अली ९ र रोबिन उथप्पा शून्यमा आउट भए।

दिल्लीका एनरिच नोर्कियाले ३ तथा खलिल अहमदले २ विकेट लिए। मिचेल मार्सको नाममा एक विकेट रह्यो।

जितका बाबजुत चेन्नईको आइपिएलमा प्ले अफ सम्भावना निकै कठिन छ। अब आइपिएलमा तीन खेल खेल्न बाँकी रहेको चेन्नईले सबै खेल जिते पनि १४ अंक मात्र हुनेछ। जुन प्लेअफमा पुग्न पर्याप्त हुन्न।

चेन्नईले अब मुम्बई इन्डियन्स, गुजरात टाइटन्स र राजस्थान रोयल्ससँग खेल्नेछ।

दिल्लीको यो हारले प्लेअफ यात्रा कठिन बनेको छ। दिल्लीले अब प्लेअफमा स्थान बनाउन बाँकी तीनै खेलमा जित हात पार्नुपर्ने हुन्छ। दिल्लीले अब राजस्थान रोयल्स, पन्जाब किंग्स र मुम्बईसँग खेल्नुपर्नेछ।

जारी आइपिएलमा ११ औं चरणका अधिकांश खेल सकिँदा नवप्रवेशी लखनऊ १६ अंकका साथ शीर्ष स्थानमा छ। समान खेलबाट समान अंक जोडेको अर्को नवप्रवेशी गुजरात रन रेटका आधारमा दोस्रो स्थानमा छ।

यस्तै राजस्थान रोयल्स ११ खेलमा ७ मा जित र ४ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ।

समान १४ अंक भएको बेंगलोर चौथो स्थानमा छ।

समान १० अंक भएका दिल्ली, हैदराबाद र पन्जाब क्रमशः पाँचौ, छैठौं र सातौ स्थानमा छन्।

११ खेलबाट चौथो जित निकालेको चेन्नई ८ अंकसहित आठौं स्थानमा छ। समान अंक भएको कोलकाता नाइट राइडर्स रनरेटमा पछि पर्दै नवौ स्थानमा झरेको छ। १० खेलमा २ जित निकालेको मुम्बई ४ अंकसहित पुछारमा छ।

आज मुम्बई र कोलकाता भिड्दैछन्।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID