गढवामा माओवादी केन्द्रको घरदैलो अभियान तीब्र

पुष्पा पाैडेल, गढवा दाङ बैशाख १७

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा माओवादी केन्द्र गढवा गाउँपालिकाले घरदैलो अभियानलाई तीब्रता दिएको छ । शनिवार माओवादी केन्द्रले गढवा गाउँपालिकाका १ न. र ४ नं. वडामा घरदैलो कार्यक्रम गरेको छ । ४ नं. वडाका गंगापरस्पुर, उठैया, सुतैया, हडैया, खैराखाल, कटियन गाउँ, पर्सेनी, अजगढवालगायतका स्थानहरुमा घरदैलो कार्यक्रम गरिएको ४ नं. वडाका वडा अध्यक्षका उम्मेदवार हरिभक्त चौधरी (सानु) ले गणतन्त्रनेपाललाई बताए ।

गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार यम नारायण शर्मा पोख्रेल (विश्वास) सँग स्थानीयवासीले खरका छाना फेरेर टिनका छाना राखिदिन र स्थानीय खहरे खोलाहरुमा आउने बाढीका कारण वर्षातमा बस्तीहरु डुवानमा पर्ने समस्या समाधान गरिदिन आग्रह गरेको बालिका शर्माले बताएकी छन् ।

त्यसैगरी दिउँसो गढवा १ नं. वडा स्थित कुलपानी, बडहरा लगायतका स्थानमा घरदैलो कार्यक्रम सञ्चालन गरिने गठबन्धनले बताएको छ ।
गढवामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चाका बीचमा बाम गठबन्धन बनेको छ । नेपाली काँग्रेस, नेकपा एमाले र जसपलगायतका दलहरु एक्ला एक्लै चुनावी मैदानमा होमिएका छन् ।

मा प्रकाशित