नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पौष ११ देखी काठमाण्डौमा, प्रतिनिधि संख्या १५००

गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ८ पुस, २०७८

पार्टीले राष्ट्रिय सम्मेलनलाई अनावश्यक बाह्य तामझामलाई भन्दा पनि सैद्धान्तिक बहश र पार्टीको समाजवादी कार्यदिशालाई केन्द्रमा राखेको प्रष्ट छ ।

यान्त्रिक र हतारोमा नेकपा एमालेसित एकता गरी बिशाल नेकपा निर्माण गरेको नेकपा माओवादी केन्द्र अन्ततः अदालतले गरेको अनौठो र बिचित्रको निर्णयपश्चात पुनः नेकपा माओवादी केन्द्रमा नै परिणत भएपश्चात पहिलो राष्ट्रिय सम्मेलनको भव्य तयारीमा जुटिसकेको छ । सम्मेलन यही पौष ११ गतेदेखि पौष १३ गतेसम्म काठमाण्डौमा हुँदैछ ।
राष्ट्रिय सम्मेलनले नेतृत्व चयन गर्नेछ । पार्टीको राजनीतक कार्यदिशा तथा कार्ययोजना तय गरी गतिशीलरुपमा अघि बढ्ने प्रष्ट छ । आम नेपाली जनताले माओवादीको राष्ट्रिय सम्मेलनबाट नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माणको नयाँ धार समात्ने अपेक्षा गरेका छन् ।
सम्मेलनमा देशभरबाट १५ सय प्रतिनिधि सहभागी हुने माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार प्रदेशबाट ८ सय ३ सहभागी हुने बताए। त्यस्तै आयोजकबाट १७९, सल्लाहकारबाट १४९ जना, जेष्ठ कम्युनिष्टबाट १२५, आयोगबाट ७५, केन्द्रीय विभागहरूबाट १० प्रतिशतका दरले १०२ जना, केन्द्रीय प्रतिनिधि २७ जना सहभागी हुने छन्।

उनका अनुसार जम्मा संख्याको ५ प्रतिशत मनोनीत गर्ने पनि बताएका छन्। उनले पूर्व जनमुक्ति सेना र एकताको प्रक्रियामा आएकासहित १५ सय ३३ जना सहभागी हुने पनि बताएका छन्। पुस ११ गते प्रज्ञा प्रतिष्ठानमा उद्घाटन हुने राष्ट्रिय सम्मेलनको तयारी थालिएको पनि माओवादीले जनाएको छ।
नेकपा माओवादीले भरखरै सम्पन्न दुई पार्टीको राष्ट्रिय महाधिवशेनलाई नजिकबाट विश्लेषण गरिरहेकोले लोकतन्त्रका नाममा ती महाधिवेशनहरुमा देखिएका भद्रगोल र अराजक प्रबृत्तिलाई पनि हटाई स्वस्थ र सभ्य सम्मेलन बनाउने अपेक्षा गर्न सकिन्छ ।
पार्टीले राष्ट्रिय सम्मेलनलाई अनावश्यक बाह्य तामझामलाई भन्दा पनि सैद्धान्तिक बहश र पार्टीको समाजवादी कार्यदिशालाई केन्द्रमा राखेको प्रष्ट छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID