नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको छ।

डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचार भएता पनि पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि थप उपचारका लागि चीन लगिएको हो।
नेता पुनलाई विश्वमा विरलै देखिने जटिल प्रकृतिको जण्डिसले सताएको छ।
थाइल्याण्डको समिति भेज अस्पतालमा उपचार गरिरहेका चिकित्सकहरूले स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार नदेखिएकाले उपचारका लागि सेनजेन लैजान सुझाव दिएका थिए।
‘बैंककमा उहाँको उपचार भयो। तर, सन्तोषजनक उपलब्धि भएन,’ डाक्टर शर्माले भने, ‘जन्डिसको लेबल नघटेपछि चिकित्सकले नै चीन लैजाने सुझाव दिएका थिए।’
उनको लिभर प्रत्यारोपण गर्नु पर्ने हुनसक्ने डाक्टर शर्माले बताए। वंशाणुगत रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन उपचारार्थ असोज १३ गते बैंककतर्फ लागेका हुन्।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




