कर्णाली प्रदेश: मुख्यमन्त्रीका लागि जीवनबहादुर शाहीको दाबी पेस

गणतन्त्र नेपाल संवाददाता, १६ कात्तिक

सुर्खेत, कर्णाली प्रदेशको मुख्यमन्त्री पदका लागि नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेस गरेका छन् । शाहीले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा नेपालको संविधान २०७२ को धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिएसँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । सोहीअनुसार प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्रीमा दाबीका लागि मंगलबार साँझ ७ बजेसम्मको समय दिएका थिए ।

उक्त अवधिमै काँग्रेस संसदीय दलका नेता शाहीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । निवर्तमान मुख्यमन्त्री शाहीसँग गत वैशाखमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएअनुसार नै कर्णाली प्रदेशमा सरकारको नेतृत्व परिवर्तन हुन थालेको हो ।

मा प्रकाशित