यस्तो सम्भावना छ कि कम्युनिष्ट नेता कन्हैया कुमार र गुजरातबाट निर्दलीय विधायक जिग्नेश मेवाणी कांग्रेसमा सहभागी हुन सक्नेछन् ।
अंग्रेजी अखवार ‘द हिन्दु’ आफ्नो रिपोर्टमा लेख्छ कि यो कुरालाई लिएर पनि चर्चा भइरहेको छ कि चुनावी रणनीतिकार प्रशान्त किशोरले २०२४ को लोकसभा चुनाव हुनुभन्दा अघि नै सबैभन्दा पुरानो पार्टी कांग्रेसलाई नयाँ रूप दिने कोसिस गरिरहेका छन् ।
अखवार लेख्छ- भगत सिंह जयन्तीको अवसरमा मेवाणी र कन्हैयालाई कांग्रेसका पूर्वप्रमुख राहुल गान्धीले पार्टीमा सामेल गराउनेछन् ।
यद्यपि, यो अहिलेसम्म स्पष्ट छैन कि यी नयाँ नेताहरूलाई राष्ट्रियस्तरमा केही जिम्मेवारी दिइन्छ अथवा उनीहरूलाई मात्र आफ्नो राज्यमाथि ध्यान दिनका लागि भनिन्छ ।
कम्युनिष्ट पार्टी अफ इन्डियाको राष्ट्रिय कार्यकारिणीमा बिहारको सबैभन्दा युवा सदस्य कन्हैयाले यो महिनाको सुरुवातमा राहुल गान्धीसँग भेटघाट गरेका थिए । अर्कोतर्फ दलित कार्यकर्ता र गुजरातका निर्दलीय विधायक मेवाणी पनि कांग्रेसको सम्पर्कमा रहिरहेका छन् ।
प्रशान्त किशोरको कांग्रेसमा इन्ट्रीको समयदेखि लिएर कांग्रेस वर्किङ कमिटीका सदस्यहरूको बिच कुनै चर्चा भएको छ वा छैन भन्ने कुरा बाहिर आएको छैन ।
यी अनुमानहरूमाथि कांग्रेसले आधिकारिक रूपमा कुनै टिप्पणी गरेको छैन । तर राहुल गान्धीले १६ जुलाईमा जे भनेका थिए त्यो कुराले स्पष्ट थियो कि शीर्ष नेतृत्व के सोचिरहेको छ ।
राहुल गान्धीले सोशल मिडिया भोलेन्टिसयर्सको एउटा बैठकमा भनेका थिए- धेरै मानिसहरू छन् जो (बीजेपी- आरएसएससँग) डराउँदैनन् । तर उनीहरू कांग्रेसभन्दा बाहिर छन् । तिनीहरू सबै मानिस हाम्रा हुन् । उनीहरूलाई पार्टीभित्र ल्याइनेछ र जो हाम्रो पार्टीभित्र रहेर पनि डराइरन्छन् ।
उनीहरूलाई पार्टी बाहिर पठाइनेछ। उनीहरू आरएसएससँग जान सक्दछन् । उनीहरूलाई आनन्द लिन दिनुपर्दछ । हामीलाई उनीहरूको आवश्यकता छैन । हामीलाई निडर मानिसहरू चाहिएको छ ।
अखबार अगाडि लेख्छ- राहुल गान्धीले यी निडर नेताहरूलाई जोड्ने आशालाई अलग राखिदिने हो भने यी नयाँ अनुहारबाट कांग्रेसलाई काफीमात्रामा राहत मिल्ने आशा गरिएको छ । किनकि अहिलेसम्म युवा अनुहारहरूले पार्टी छोडिरहेका छन् ।
२०१९ मा दोस्रोपटक लोकसभा चुनाब हारिसकेपछि बितेका डेढ वर्षमा ज्योतिरादित्य सिंधिया, जितिन प्रसाद र सुष्मिता देवजस्ता युवा अनुहारहरूले पार्टी छोडिसकेका छन् ।