काठमाडौं । नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी सांसद विमला वलीले कसैकाे करकापले नभइ आफ्नो इच्छाले माओवादी पार्टी रोजेको बताएकी छन् ।
बुटवलमा आज आयाेजित पत्रकार सम्मेलनमा पत्रकारहरुसँग कुरा गर्दै उनले भनेकी छन् – म एउटा सामान्य गृहिणी । श्रीमानकाे दुर्घटना भएपछि एकाएक आएँ । अरु कसैलाइ चिन्दैनथेँ । उहाँहरुले नै सहयाेग गर्नुभयाे ।
उनले आफूले नेकपाबाट निर्वाचन जितेको उल्लेख गर्दै आफूलाई निर्वाचनमा नजिकबाट सहयोग गर्नेहरु माओवादी रहेकाले पार्टी पनि माओवादी नै रोजेको बताएकी हुन् ।
मलाइ त्यतिबेला एमाले माओवादी भन्ने पनि थाहा थिएन । मलाइ चुनावमा नजिकबाट सहयाेग गर्ने दामा शर्मा र जगप्रसाद शर्माहरु हुनुहुन्छ । उनले भनेकी छन् – मैले त्यतिखेर अरु कसैलाइ पनि चिनेकी थिइन । कसैले आउनु पर्छ भनेर हाेइन मेराे आफ्नाे इच्छाले नै मैले याे दल राेजेकी हुँ ।
स्मरण रहाेस् नेकपा एमालेले यसअघि उनलाइ माओवादीले अपहरण गरेकाे आराेप लगाएकाे थियाे । मुख्यमन्त्री शंकर पाेख्रेलले आज बिहान पदबाट राजीनामा दिएपछि प्रदेश ५ काे राजनीति चर्चामा आएकाे छ ।
यो पनि पढ्नुहोस्–
लुम्बिनीमा एकल बहुमतको सरकार बनाउने दाउमा एमाले,पोखरेल नै मुख्यमन्त्री