शेयर बजारमा झिनो सुधार : हाइड्रो पावर र वित्त समूहमा लगानीकर्ताको भीड, कसले कति कमाए ?

गणतन्त्र नेपाल संवाददाता, २५ साउन

साताको दोस्रो दिन सोमबार शेयर बजारमा सामान्य अंकको बृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज धितोपत्र मापक नेप्से परिसूचक १.४७ बिन्दुले बढेर ३ हजार १०९.६० बिन्दुमा उक्लिएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा भने गिरावट आएको छ । यो दिन सेन्सेटिभ परिसूचक २.०६ अंकले घटेर ५७५.९४ बिन्दुमा झरेको हो ।

आइतबार नेप्से झिनो अङ्कले मात्रै सुधार भएको शेयर बजारमा आज पनि ०.०५ प्रतिशतको मात्रै सुधार देखिएको हो । यो दिन कारोबार रकममा पनि सामान्य गिरावट आएको छ ।

सोमबार २२४ ओटा कम्पनीको १ लाख २८ हजार ९५९ पटकको व्यापारमा २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता शेयर खरिद बिक्री हुँदा १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

मा प्रकाशित