भारतकाे राजधानी नयाँ दिल्लीमा लकडाउनको अवधि थप

दिल्लीमा हालसम्म ११ लाख ४९ हजार जना संक्रमित भएका छन् भने १० लाख ३३ हजार निको भएका छन् । हालसम्म १६ हजार १४७ जनाले ज्यान गुमाइसकेका छन् भने ९९ हजार ३६१ को उपचार भइरहेको छ ।

एजेन्सी

भारतको नयाँ दिल्लीमा कोरोना संक्रमण नरोकिएको भन्दै लकडाउनको अवधि थप गरिएको छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार साँझ यसको घोषणा गरेका हुन् ।

यसअघि ३ मेको बिहान ५ बजेसम्मका लागि लकडाउन लागू गरिएको थियो । यसलाई बढाएर १० मे बिहान ५ बजेसम्मका लागि थप गरिएको छ ।

पछिल्ला १५ दिनदेखि दिल्लीमा दैनिक रुपमा २० हजारभन्दा बढी संक्रमित फेला परिरहेका छन् । अन्तिमपटक १६ अप्रिलमा २० हजारभन्दा कम संक्रमित फेला परेका थिए । शुक्रबार नयाँ संक्रमितको संख्या २७ हजार ४७ रहेको थियो ।

यसबिचमा थप ३७५ जनाले ज्यान गुमाएका थिए ।

पछिल्लाे १५ दिन यता थप २५ हजार २८८ जना निको भएका छन् । दिल्लीमा हालसम्म ११ लाख ४९ हजार जना संक्रमित भएका छन् भने १० लाख ३३ हजार निको भएका छन् । हालसम्म १६ हजार १४७ जनाले ज्यान गुमाइसकेका छन् भने ९९ हजार ३६१ को उपचार भइरहेको छ ।

मा प्रकाशित