प्रचण्ड, माधव नेपालदेखि वैद्य र विप्लवले एउटै मञ्चबाट सम्बाेधन गर्दै

गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ८ साउन 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्यलगायतका नेताहरुले शुक्रबार एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्।

पुष्‍पलाल मित्रता केन्द्रको आयोजनामा हुने कार्यक्रममा उनीहरू एउटै मञ्चमा देखिने भएका हुन्।

एमाले नेतृ अष्टलक्ष्मी शाक्य, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले पनि यो कार्यक्रममा सम्बोधन गर्ने तय छ।

शीर्ष कम्युनिष्ट नेताहरुलाई वक्ताको रुपमा राखिएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने बोलाइएको छैन।

‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचन कार्यक्रममा प्रचण्ड, नेपाल, वैद्य र विप्लवसहितका नेताहरुले एकसाथ सम्बोधन गर्न लागेका हुन्।

याे कार्यक्रम शुक्रबार दिउँसो साढे १२ बजेपछि तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सुरु हुने छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID