निजामती सेवा विधेयक अघि बढाईयोस् : जग प्रसाद शर्मा ‘अपार’

गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ७ साउन 

राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले निजामती सेवा ऐन अघि बढाउन सरकारलाई अनुरोध गरेका छन् ।

राष्ट्रियसभाको विहीबारको बैठकको शून्य समयमा आफ्नो कुरा राख्दै उनले निजामती सेवा ऐन विधेयक थन्किदा प्रदेश सरकार तथा प्रदेश लोकसेवा आयोगले काम अघि बढाउन नसकेको भन्दै बर्तमान सरकारले यो विद्येयकलाई अगाडी बढाउन अनुरोध गरेका हुन् ।

उक्त विधेयक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा थन्किएको थियो । अब देउवा सरकारले यो विधेयकलाई अघि बढाउनु पर्ने उनको भनाई थियो । निजामती कर्मचारी भनेको स्थायी सरकार भएकाले यो विषयमा सरकार गम्भीर हुनुपर्ने उनको भनाई छ । चार चार बर्षसम्म एउटा ऐन  टेबलमा थन्किनु दुःखद भएको नेता अपारले बताएका छन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID