गढवामा चार स्थानमा निःशुल्क स्क्रिनिङ कार्यक्रम ५ सय ६३ जनाले सेवा लिए

आलोक भावुक

गढवा,२१ फागुन । मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने मूल नाराका साथ गढवा गाउँपालिकाको आयोजनामा गढवाको चार स्थानमा नसर्ने रोगहरू पहिचानका लागि एक महिने निःशुल्क स्क्रिनिङ अभियान अन्तर्गत निशुल्क स्क्रिनिङ तथा एक्स-रे द्वारा सक्रिय क्षयरोग खोज पड्ताल कार्यक्रम सम्पन्न भएको छ।

गढवा गाउँपालिका वडा नं १ कालकाटेमा रहेको सामुदायिक स्वास्थ्य इकाईमा सम्पन्न भएको निःशुल्क स्क्रिनिङ अभियान अन्तर्गत निशुल्क स्क्रिनिङ तथा एक्स-रे द्वारा सक्रिय क्षयरोग खोज पड्ताल कार्यक्रममा १ सय २६ जनाले सेवा लिएका थिए।

फागुन १८ गते सम्पन्न शिविरमा १२६ जनाले सेवा लिएका हुन्।

जसमध्ये tv scanning मा ७८ जना प्री डाइबेटिज १४ जना, डायबेटिजमा ५ जना र हाइपरटेन्सनमा २९ जना बिरामी भेटिएका छन्। कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारी, डक्टर स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो।

त्यसैगरी गोबडिया आधारभूत स्वास्थ्य सेवा केन्द्रमा फागुन १९ गते भएको निःशुल्क शिविरमा २०९ जनाले सेवा लिएका थिए। जसमा प्रि डाइबिटिज ४९ जना र डाइबिटिज १३ जना र हाइपोटेन्सनका ७३ जना बिरामी भेटिएका छन्।

त्यसैगरी फागुनको २० गते गंगाप्रसपुर स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा कुल ९४ जनाले सेवा लिएका छन्। जसमध्ये प्री डाइबेटिज २१ जना डाइबिटिज १५ जना हाइपरटेन्सनका १५ जना बिरामी भेटिएका छन्।

त्यसैगरी गढवा गाउँपालिका वडा नम्बर ७ मा रहेको गढवा स्वास्थ्य चौकीमा सम्पन्न शिविरमा टोटल १ सय ८० जना बिरामीहरूले स्वास्थ्य चेक जाँच गराएका छन्। जसमध्ये प्री डायबिटिज ५८ जना डायबिटिज ३६ जना हाइपोटेन्सनका २३ जना गरी कुल १ सय ३४ जनाले सेवा लिएका छन्।

मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने मूल नाराका साथ नसर्ने रोगहरू पहिचानका लागि एक महिने निःशुल्क स्क्रिनिङ अभियान अन्तर्गत गढवा गाउँपालिका वडा नम्बर ७ मा रहेको गढवा स्वास्थ्य चौकीमा निःशुल्क स्क्रिनिङ अभियान कार्यक्रम सञ्चालन भइरहेको छ।

गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा फागुन १ गतेदेखि २९ गतेसम्म निःशुल्क स्क्रिनिङ अभियान सञ्चालन भइरहेको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीले जानकारी दिनुभएको छ।

त्यसैगरी क्षय रोगमुक्त नेपाल अभियान अन्तर्गत समुदायमा एक्स-रे द्वारा सक्रिय क्षयरोग खोज पड्ताल कार्यक्रम पनि सञ्चालन भइरहेको छ। स्वास्थ्य चेकजाँचका लागि ठूलो सङ्ख्यामा स्थानीयहरूले स्वास्थ्य चेक जाँच गराएका छन्।

निःशुल्क शिविर गढुवा गाउँपालिकाको चार स्थानमा सञ्चालन भएको थियो। आधारभूत स्वास्थ्य ईकाई कालाकाटे, गोबरडिया आधारभूत स्वास्थ्य केन्द्र, गंगापरस्पुर स्वास्थ्य चौकी र गढवा स्वास्थ्य चौकीमा शिविर संचालन भएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID