नेपालका लागि म्यान्मारका राजदूतद्वारा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसँग शिष्टाचार भेट

गणतन्त्र नेपाल डटकम

दाङ–नेपालका लागि म्यान्मारका राजदूत उ म्यो म्यिन्ट माउङले बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग शिष्टाचार भेट गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी)मा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने, आपसी सहयोग आदानप्रदान गर्ने तथा सहकार्यलाई विस्तार गर्ने विषयमा छलफल भएको थियो ।

मुख्यमन्त्री आचार्यले नेपाल–म्यान्मार विकास साझेदारीलाई अझ मजबुत बनाउँदै दातृ निकायहरूसँग सहकार्य गरेर प्रदेशलाई समृद्ध बनाउन पहल भइरहेको बताउनुभयो । साथै, लुम्बिनी प्रदेशमा कृषि, पर्यटन, मौलिक कला तथा संस्कृतिको समृद्धि रहेको र यी क्षेत्रहरूको प्रवद्र्धन तथा विकासका लागि म्यान्मार सरकार तथा सम्बन्धित साझेदारहरूसँग सहकार्य गर्ने अपेक्षा रहेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री आचार्यले नेपाल र म्यान्मारबीच ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा व्यापारिक सम्बन्ध रहेको बताउँदै म्यान्मार सरकारले लुम्बिनीमा चैत्य निर्माण गरी यहाँको विकासमा पु¥याएको योगदानप्रति आभार व्यक्त गर्नुभयो ।‘नेपाल र म्यान्मारबीच धेरै आर्थिक, सामाजिक तथा सांस्कृतिक समानताहरू रहेका छन्, जसका आधारमा दुवै देशबीच विभिन्न क्षेत्रहरूमा सहकार्यलाई प्रवद्र्धन गर्न सकिन्छ’उहाँले भन्नुभयो,‘विशेष गरी, म्यान्मारका बौद्ध धर्मावलम्बीहरूलाई लुम्बिनीमा सहज रूपमा आउन प्रेरित गर्न तथा दुवै देशबीच व्यापार र आर्थिक गतिविधि वृद्धि गर्न हवाई सम्पर्क स्थापना गर्नु आवश्यक छ ।’

नेपाल र म्यान्मारबीच १९६० को मार्च १९ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएपछि दुवै मुलुकबीच आपसी मित्रता र सहकार्य निरन्तर सुदृढ हुँदै आएको छ । बौद्ध धर्मावलम्बी बहुल राष्ट्र म्यान्मार र गौतम बुद्धको जन्मस्थल नेपालबीच धार्मिक, सांस्कृतिक तथा व्यापारिक सम्बन्ध गहिरो रहेको छ ।

भेटमा कृषि, खाद्य सुरक्षा, पर्यटन र सांस्कृतिक क्षेत्रमा आपसी सहयोग विस्तार गर्ने पर्याप्त अवसरहरू रहेको विषयमा छलफल भएको थियो । मुख्यमन्त्री आचार्यले कृषि तथा पर्यटन क्षेत्रमा अध्ययन र अनुसन्धान साझा गर्दै दुवै देशलाई लाभान्वित गर्न सकिने बताउनुभयो ।

राजदूत उ म्यो म्यिन्ट माउङले नेपाल र म्यान्मार सांस्कृतिक तथा धार्मिक सम्बन्धले जोडिएको बताउँदै यो सम्बन्धलाई जनस्तरमा विस्तार गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले गौतम बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल–म्यान्मार सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । साथै, म्यान्मार सरकार लुम्बिनी प्रदेश सरकारसँग साझेदारी गर्न इच्छुक रहेको जानकारी गराउनुभयो ।

भेटको क्रममा मुख्यमन्त्री आचार्यले लुम्बिनीको पहिचान ‘ढाका टोपी’ राजदूत म्यिन्ट माउङ र उहाँको कार्यदलका सदस्यहरूलाई लगाइदिनुभयो भने गौतम बुद्धको मूर्ति समेत हस्तान्तरण गर्नुभयो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID