
ढवा, ७ फागुन। गढवा गाउँपालिका द्वारा सञ्चालित भिटा परियोजना द्वारा गठित सगरमाथा महिला उद्यमी समूह गढवा ७ कान्छीगाउमा आज बुधवार तिनदिने आधारशिला तालिम सम्पन्न भएको छ।
समूहकी अध्यक्ष मनटुन्नु चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
तिनदिने तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले
भिटा परियोजनाको मुख्य उद्देश्य महिला शसक्तिकरण र आत्मनिर्भर बनाउने रहेको बताउनुभयो । महिलाहरू आत्मनिर्भर नभए सम्म समाजमा महिलाहरुको भुमिका गौण गरने बताउदै अध्यक्ष पोख्रेलले महिला हरुलाई समाजको नेतृत्व गर्ने लायक बनाउन भिटा परियोजना मार्फत बिभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताउनु भयो । महिला शसक्तिकरण नभए सम्म समाज बदल्न नसकिने बताउदै महिलाहरु आत्मनिर्भर र सक्षम बन्नु पर्ने बताउनुभयो।
भिटा परियोजन गढवा गाउँपालिकाको लगानीमा सञ्चालन भएको जसको प्रविधिक सहयोग हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्रको रहेको पालिका अध्यक्ष पोख्रेलले बताउनुभयो। हेफर प्रोजेक्ट नेपालले कर्मचारी लगायतकाको क्षेत्रमा सहजिकरण गरेको छ भने अन्य सबै गतिविधि, कृषि सामाग्री, बाख्रा, रागा लगायतका सबै खर्चमा गाउँपालिकाको लगानी रहेको स्पष्ट पार्नु भयो। महिलाहरु घर संगै समाजको नेतृत्वदायी भुमिका निर्वाह गर्नु पर्ने समय आएको बताउनुभयो। महिलाहरुलाई घरमा मात्र सिमित भए समाजको बिकास हुन नसक्ने भन्दै नेता बनेर समाजको नेतृत्व गर्ने सोचका साथ अढि बढ्न अनुरोध समेत गर्नु भयो।
समापन कार्यक्रममा सहभागीहरुको तर्फबाट बोल्ने उद्यमी महिलाहरुले तिनदिने आधारशिला तालिमबाट जिवन बद्ल्ने शिक्षा पाएको बताउनुभयो। जिवन के हो ? समाजमा हाम्रो जिम्मेवारी के? लगाएतको विभिन्न बिषयमा तिनदिन सम्म प्रशिक्षण लिएको बताउनुभयो। साथै पहिलो पटक सरकारले महिलाहरुको लागि केही गर्दै छ भनेर आभास भएको
समूहकी अध्यक्ष मनटुन्नु चौधरीले बताउनुभयो। पानी सिचाई र अन्य सहयोग पाए आफुहरु तरकारी खेती गर्न चाहेको बताउदै आवश्यकता अनुसारको सिँचाइको लागि स्रोत साधन नहुदा तरकारी खेती लाई व्यवसायीक रुपमा गर्न केही समस्याहरु रहेको बताउनुभयो।
कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ७ का वडा सदस्यहरु कमला नेपाली, वडा नम्बर १ का सामाजिक सहजकर्ता अभिषेक गिरी, गढवा गाउँपालिका प्रेस संयोजक उमानाथ यादव, लगायतकाको सहभागिता रहेको थियो।
तालिममा ४० जना महिलाहरुको सहभागिता रहेको थियो।कार्यक्रमको सहजीकरण सामुदायिक सहजकर्ता जया बिश्वकर्माले गर्नु भएको थियो।
