गंगा सामुदायिक वन उपभोक्ता समूहको १८औं वार्षिक साधारण सभा सम्पन्न

आलोक भावुक

गढ़वा,३ फाल्गुन ।गढवा गाउँपालिका वडा नम्बर ५, सुनपुरवामा गंगा सामुदायिक वन उपभोक्ता समूहको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

गंगा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अमिन मनिहारको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरि भगत चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन भएको थियो।

कार्यक्रम समिति सदस्य विष्णु भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने वार्षिक आय-व्यय विवरण सचिव दान बहादुर थापाले प्रस्तुत गर्नुभएको थियो। वार्षिक योजना समिति अध्यक्ष अमिन मनिहारले प्रस्तुत गर्नुभएको थियो।

उक्त कार्यक्रममा गढवा गाउँपालिकाका कार्यपालिका सदस्य रमा भण्डारी, सव-डिभिजन वन कार्यालय गोबरडिहाका वन रक्षक विष्णु बहादुर शाही, नेपाल वन महासंघ केन्द्रीय अधिवेशन प्रतिनिधि तथा दीपेन्द्र होमजोनका सह-प्रधात्मक लाल बहादुर भण्डारी, चुरे क्षेत्र बचत तथा ऋण सहकारी संस्थाका सचिव नेत्र विनोद शर्मा, प्रगति सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष पूर्णबहादुर बुढाथोकी, समाजसेवी तथा बुद्धिजीवी अमर चौधरी, लोकराज अधिकारी, तथा कमल खड्काले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

बेस संस्थाका प्रोग्राम कोर्डिनेटर लक्ष्मण चौधरीज्यूले विद्युतीय चुलोको डेमो प्रस्तुत गर्दै उपभोक्ताहरूलाई अनुदानस्वरूप चुलो उपलब्ध गराउने जानकारी दिनुभयो।

कार्यक्रमकै अवसरमा उपभोक्ता समूहको नव निर्मित भवनको प्रमुख अतिथिद्वारा रिबन काटेर उद्घाटन गरिएको थियो। यस वार्षिक साधारण सभामा उपभोक्ताहरूको व्यापक सहभागिता रहेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID