गढवाको ६ नम्बर वडामा निशुल्क आँखा तथा कान चेकजाँच शिविर,२३५ जनाले लिए सेवा

आलोक भावुक

गढवा,२ फागुन । नेपाल नेत्रज्योति संघ लमही आँखा अस्पतालको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा गढवा गाउँपालिका वडा नम्बर ६ स्थित गढवा बहुमुखी क्याम्पस परिसरमा आज शुक्रबार एकदिने निशुल्क आँखा तथा कान चेकजाँच शिविर सम्पन्न भएको छ।

उक्त निशुल्क आँखा तथा कान चेकजाँच शिविरमा १ सय ८८ जनाले सेवा लिएका छन्। नेत्रज्योति संघ लमही आँखा अस्पतालका नेत्र सहायक दक्षिणा चौधरीका अनुसार आंखा चेकजाँच तर्फ ६४ पुरुष १२४ महिला, त्यसैगरी कान चेकजाँच तर्फ १५ पुरुष ३२ महिला गरी कुल ४७ जनाले सेवा लिएका छन्। शिविरमा ७१ जनालाई नजिकको निशुल्क चस्मा वितरण गरिएको छ।

जसमध्ये ६४ जना पुरुष र १ सय २४ जना महिला रहेका छन्।
त्यसैगरी ४७ जनाले कान परीक्षण गराएका थिए। जसमध्ये १४ पुरुष र ३२ महिला रहनु भएको छ। आंखा शिविरबाट ४० जनाको मोतिबिन्दु देखिएको जसमा १६ पुरुष र २४ महिला रहेका छन्। ३ जनाको आंखामा मासु पलाएको बिरामी पत्ता लागेका छन्।

लमही आँखा अस्पतालले NABP-I CARE NORBAY र SILON CENTRE KOREA को आर्थिक सहयोगमा अत्याधुनिक PHACO प्रविधिबाट शल्यक्रिया गर्दा ५०% छुट प्रदान गरिनेछ। साथै, अति गरिब तथा विपन्न नागरिकहरूको लागि SICS प्रविधिमार्फत निशुल्क शल्यक्रिया गरिने व्यवस्था गरिएको लमही आँखा अस्पतालकी नेत्र सहायक दक्षिणा चौधरीले जानकारी दिनुभयो।

मोतिबिन्दु भएका बिरामीहरूले PHACO प्रविधिबाट शल्यक्रिया गर्दा नामदर्ता, ल्याब टेस्ट, औषधी, र कालो चस्माजस्ता खर्च बिरामीले आफैं व्यहोर्नुपर्ने नेत्र सहायक चौधरीले बताउनुभयो ।

नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पताल लमही दाङले गढवा गाउँपालिका संग सहकार्य गरी गढवा गाउँपालिकाको बिभिन्न वडामा निशुल्क आँखा तथा कान चेकजाँच शिविर सञ्चालन गरिरहेको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनुभयो।

चौधरीका अनुसार माघ ३० गते गढवा गाउँपालिका वडा नम्बर १ को वडाकार्यालय , फागुन १ गते गढवा गाउँपालिका वडा नम्बर २ को वडा कार्यालय, फागुन २ गते गढवा गाउँपालिका वडा नम्बर ६ स्थित गढवा बहुमुखी क्याम्पस परिसरमा सम्पन्न भएको छ भने फागुन ३ गते गढवा ५ बांकीको वडाकार्यालयमा, फागुन ४ गते ४ नम्बर वडा कार्यालय, फागुन ५ गते वडा नम्बर ३को वडाकार्यालय र फागुन ६ गते गढवा ७ नम्बर वडा कार्यालयमा शिविर सञ्चालन हुने तय भएको छ।

निशुल्क आँखा तथा कान चेकजाँच शिविरमा लमही आँखा अस्पतालकी नेत्र सहायक सुस्मिता चौधरी,नेत्र सहायक स्नेह खनाललगायतको सहभागिता रहेको थियो।

मा प्रकाशित