
गढवा, २ फागुन। ईलाका प्रहरी कार्यालय गढवाले ठुलो सफल्ता हात पारेको छ। नेपाल बाट लगी भारतमा बेचिएकी एक महिलाको सकुसल उद्दार गरेको छ।
ईलाका प्रहरी कार्यालय गढवाले एक महिलालाई भारतमा बेचबिखन गरेको कसुरमा तीन जनालाई पक्राउ समेत गरेको जनाएको छ। घोराही उपमहानगरपालिका–१५ बस्ने राजेश नेपाली र राधा पाण्डे तथा भारतको ईमिलिया मकुनहवाबाट रामनिवास मौर्यालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो।
महिला बेचिएको सुचना पाएलगत्तै हामी सुक्ष्म तरिकाले खोजतलास जारी गर्यौ, अथक प्रयास पछी घटना महिला बेचिएको भारतमा पुग्न सफल भयौ र घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो।
प्रहरी निरीक्षक कार्कीका अनुसार, राजेश र राधा श्रीमान श्रीमती हुन् भने मौर्या महिला किन्ने व्यक्ति हुन्। ती महिलालाई भारतमा लगेर उनीहरुले ३५ हजार भारतीय रुपैयाँमा मौर्यालाई बिक्री गरेका थिए। माघ ४ गते राजेश र राधाले कृष्णनगर किनमेल गर्न भन्दै लगेको अवस्थामा कृष्णनगरको बाटो हुँदै भारतको ललिया ईमिलिया मकुनहवा भन्ने स्थानमा लगेर दाङकी २३ वर्षकी एक महिलालाई बेचेको अभियोगमा पक्राउ गरी सार्वजनिक गरेको हो।
माघ ४ गते छोरी हराएको भन्दै प्रहरीमा परेको उजुरीका आधारमा प्रहरीले खोजतलास अघि बढाएको थियो। जिल्ला प्रहरी कार्यालयबाट ७ गते परिपत्र भएपछि खटिएको प्रहरीको भारतीय सुरक्षा निकायको सहयोगमा पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरिक्षक कार्कीले बताउनुभयो। भारतबाट बेचिएकी भनिएकी महिलाले नेपालमा आफन्तलाई सम्पर्क गरी आफु बेचिएको खबर गरेपछि भारतीय सुरक्षा निकायसँगको सहयोगमा अभियुक्तलाई पक्राउ गर्न सहज भएको प्रहरी निरिक्षक कार्कीले बताउनुभयो
भारतको बलरामपुर प्रहरीसँग समन्वय गरेर ललिया ईमिलिया मकुनहवा भन्ने स्थानमा रहेको ४९ वर्षका रामनिवास मौर्यालाई माघ १६ गते नियन्त्रणमा लिएको थियो। विवाह गरेर राख्ने भन्दै बिक्रि गरेको अवस्थामा महिलाको उद्धार गरेर नेपाल ल्याईएको र ललाईफकाई बिक्रि गर्ने राजेश र राधालाई १७ गते घोराही १५ बाट नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही अघि बढाईएको जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलनमा जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय गढवा प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीको कमाण्डमा खटिएको प्रहरीको टोलीले भारत प्रहरीको सहयोगमा नियन्त्रणमा लिएकाहरुलाई आवश्यक कारवाहीका लागि प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।
पक्राउ परेको तीन जनालाई मानव बेचबिखन कसुरमा मुद्धा दर्ता गरी थप घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।
