गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन

आलोक भावुक

गढवा, २६ माघ। गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको तेस्रो साधारण सभा शनिबार गढवा ५ मा बाकीमा रहेको क्रियटिङ पोसिबिलिटिज नेपालको सभाहलमा सम्पन्न भएको छ।

सम्पन्न साधारण सभाले बेगम बहादुर गहतराजको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्ष बिष्णु माया बसेल, सचिवमा दामोदर ढुङगाना, सह सचिवमा बुद्धिमान चौधरी, कोषाध्यक्षमा सिर्जना घिमिरे रहनु भएको छ भने सदस्यहरुमा रिता थापा, राम भरोश चौधरी, निर्मला भण्डारी, शिवलाल आचार्य, चन्द्र बहादुर नेपाली, गिता चौधरी रहनु भएको छ।

गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षता तथा गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा सञ्जालका कानुनी सल्लाहकार उमाकान्त पन्त, रेशम बहादुर थापा, बिष्णु माया बसेल, हेमराज शर्मा अधिकारी,तुला बहादुर सिंह ठकुरी, चन्द्र बहादुर नेपाली लगायतकाले बोल्नु भएको थियो। कार्यक्रमको सहजिकरण दामोदर ढुङगानाले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID