चैतन्य पाठशालाको प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, २६ माघ। चैतन्य पाठशाला राप्ती गाउँपालिका-४ मारीघाटको प्रथम वार्षिकोत्सब कार्यक्रम शनिबार भव्य रुपमा सम्पन्न भएको छ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

प्रथम वार्षिक उत्सव समारोहलाई उद्घाटन गर्दै राप्ती गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्रकाश विष्टले बालबालिकालाई संस्कार युक्त शिक्षा दिन आवश्यक रहेको बताउनु भयो।सफव जिवन यापनका लागि संस्कार स। सहितको शिक्षा आजको आवश्यकता भएको बिष्टले बताउनुभयो। किताबी ज्ञानले मात्र नहुँने हुँदा बालबालिकालाई संस्कार युक्त शिक्षा दिन सके मात्र कल्पना गरेको जस्तो समाज निर्माण हुन सक्ने भएकोले कितावी ज्ञान सँग संस्कारयुक्त शिक्षा दिन सवै विद्यालयहरुलाई सुझाव दिनुभयो।

सो अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारी, वरिष्ठ शिक्षा अधिकृत वेगम केसी, विद्यालयका प्रबन्धक डा. जिवराज आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह, दुर्गा भवानी आधारभुत विद्यालय मसुरीयाका प्रधानाध्यापक केशवराज आचार्य, अभिभावक मिनराज अधिकारी, अभिभावक सुजन क्याटलिन आचार्य, विद्यार्थी संझना मल्ल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले गुणस्तरीय र व्यवाहारिक शिक्षा दिन चैतन्य पाठशाला अब्बल रहेको बताएका थिए। आफुहरूलाई अब्बल बनाउन निजी विद्यालयहरूले नयाँ नयाँ चिज दिदै आएपछि सामुदायिक विद्यालयहरू पनि प्रतिस्पर्धामा आएको बताएका थिए । राज्यले मात्र शिक्षाको जिम्मा लिने नभई समुदायले पनि साथ र सहयोग गर्न आवश्यक रहेको बताएका थिए।

सो अवसरमा विभिन्न खेलकुद प्रतियोगिताका बिजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो भने विभिन्न साँस्कृतिक प्रस्तुति समेत देखाइएको थियो । कार्यक्रममा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन विद्यालयका प्राचार्य सुष्मा रेग्मी आचार्यले प्रस्तुत गर्नुभएको थियो । विद्यालयका सहायक प्राचार्य पशुपति पाैडेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजिकरण बसन्तराज भट्टराई र सुमित्रा थापाले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID