ज्ञान ज्योति इङ्लिश बोर्डिङ स्कुल गढवामा मैत्रीपुर्ण भलिभल प्रतियोगिता

आयोजक विद्यालय ज्ञान ज्योति इङ्लिश बोर्डिङ स्कुल प्रथम र जनता माध्यमिक विद्यालय गढवा द्वितीय

आलोक भावुक

गढवा, २६ माघ। ज्ञान ज्योति इङ्लिश बोर्डिङ स्कुल गढवाको वार्षिक उत्सवको अवसरमा मैत्रीपुर्ण अन्तर विद्यालय भलिभल खेलकुद प्रतियोगिता सम्पन्न भएको छ।

विद्यालयले २३ औँ वार्षिक उत्सव्ओ अवसरमा अन्तर विद्यालय स्तरीय मैत्रीपुर्ण भलिभल खेल प्रतियोगिता आयोजना गरेको विद्यालयका प्रिन्सिपल दिपक यादवले जानकारी दिनुभयो।

मैत्रीपुर्ण भलिभल खेल प्रतियोगितामा ८ वटा विद्यालय सहभागिता जनाएका थिए। प्रतियोगितामा सामुदायिक तथा निजी क्षेत्रका विद्यालयहरु बिचको मैत्रीपुर्ण भलिभल खेल प्रतियोगिता भएको थियो।

पहिलो खेल भ्याली पब्लिक इङ्ग्लिस स्कुल र जनता माध्यमिक विद्यालय गढवा बिच भएको थियो।

त्यसैगरी राप्ती साउथन इङ्लिश बोर्डिङ स्कुल र बाल संसार एकाडेमी एक साथ भिडेका थिए भने आयोजक ज्ञान ज्योति इङ्लिश बोर्डिङ स्कुल र शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल बिचको कडा प्रतिस्पर्धा भएको थियो। भने सरस्वती मावि बिद्यानगर गोबरडिहा र मुनामिलन इङ्ग्लिस बोर्डिङ स्कुल बिचमा प्रतिष्पर्धा भएको थियो।

मैत्रीपुर्ण भलिभल खेल प्रतियोगितामा आयोजक ज्ञान ज्योति इङ्लिश बोर्डिङ स्कुल प्रथम र जनता माध्यमिक विद्यालय गढवा द्वितीय स्थान हासिल गर्न सफल भएको हो।

मैत्रीपुर्ण भलिभल खेल प्रतियोगिताको प्रमुख प्रशिक्षकमा फणाधर रजौरे र आशा राम चौधरी रहनु भएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कौशलको अध्यक्षतामा सम्पन्न खेल प्रतियोगितामा विद्यालयका शेयर सदस्यहरु, अन्य सहभागी विद्यालयका शिक्षक तथा सञ्चालक समितिहरु, लगायतकको सहभागिता रहेको थियो।

खेल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै विध्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार कौशलले खेल भनेको मानव जिवनमा चाहिने अभिन्न अंग जस्तै भएको बताउनुभयो । खेल बिना स्वास्थ जिवनको कल्पना गर्न नसकिने भन्दै खेल लाई पहिलो प्रथामिक्तामा राखेर विद्यालय अघि बढेको र प्रत्येक वर्ष वार्षिक उत्सवको अवसरमा खेलकुद प्रतियोगिता सञ्चालन गर्ने गरेको बताउनु भयो।

विद्यालयका प्रिन्सिपल दिपक कुमार यादवको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण विद्यालयकी शिक्षिका यतिदेवी चौधरीले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID