नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाले कपडा बैक सञ्चालन गर्ने

आलोक भावुक

गढवा, २३ माघ। नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाले कपडा बैंक सञ्चालन गर्ने भएको छ।

उपशाखा गढवाको कार्यसमितिको सम्पन्न प्रथम बैठकले गढवामा निशुल्क कपडा बैंक सञ्चालन गर्ने निर्णय गरेको उपशाखा गढवाका सभापति उमाकान्त पन्तले जानकारी दिनुभयो।

कपडा बैंक सञ्चालन भएपछी असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसमअनुसार कपडा उपलब्ध गराउन मद्धत पुग्ने विश्वास लिईएको छ।

मौसम अनुसारको कपडा संकलन गर्ने र आवश्यकता अनुसार आर्थिक अवस्था कमजोर बिपन्न परिवारले सजिलै निशुल्क रुपमा लिन पाउने व्यवस्थापन गर्ने गरी प्रक्रिया सुरु गरेको बताईएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID