गढवामा किशोरीहरूलाई लक्षित गरी एचपिभी खोप अभियान सुरू, पहिलोदिन ७ वटा विद्यालयमा सम्पन्न 

आलोक भावुक

गढवा, २२ माघ। दाङको गढवा गाउँपालिकाले किशोरीहरुलाई लक्षित गरी पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाउने कार्यक्रम सुरु भएको छ।

पहिलो दिन गढवा गाउँपालिकाको ७ वटा विद्यालयमा खोप अभियान सञ्चालन भई सम्पन्न भएको छ।

माघ २२ गते जन ज्योति माध्यमिक विद्यालय रङसिङ्ग, माध्यमिक विद्यालय पचहिया, नेपाल इङ्ग्लिस बोर्डिङ स्कुल खैरेनी, दिपेन्द्र होमजुन माध्यमिक विद्यालय पर्सेनी, महेन्द्र आधारभूत विद्यालय कोईलाबास, जनता माध्यमिक विद्यालय गढवा ३ सय २३ जना र शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुल गढवामा अध्ययनरत १ सय २४ जना लाई किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको निशुल्क एचपिभी खोप लगाईएको छ।

विद्यालयहरुमा अध्ययनरत कक्षा ६ देखी कक्षा १० मा अध्ययनरत किशोरी हरुलाई र विद्यालय बाहिरको हकमा १०-१४ वर्ष उमेर समूहका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको निशुल्क एचपिभी खोप लगाउने कार्यक्रम सम्पन्न भएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनुभयो। खोप अभियान माघ २२ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने छ।

कार्यक्रमका लागि पालिकाभित्रका ८ वटा विभिन्न स्वास्थ्य संस्था र २५ सामुदायिक तथा निजी विद्यालय गरी ३३ वटा खोप केन्द्र निर्धारण गरिएको छ । खोप कार्यक्रम सञ्चालनका लागि २६ स्वास्थ्यकर्मी, ८२ जना महिला स्वास्थ्य स्वयंसेविका र २५ जना शिक्षक परिचालन गरिएको स्वास्थ्य शाखा प्रमुख चौधरीले जानकारी दिनुभयो।

यस अभियान अन्तर्गत दाङमा ३९ हजार किशोरीलाई एचपीभी खोप लगाईने छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका भानु जोशीका अनुसार दाङका १० वटै पालिकाका ३९ हजार किशोरीहरुलाई एचपीभी खोप लगाउने बताउनुभयो।राष्ट्रिय कार्यक्रम अनुसार माघ २२ गतेदेखि खोप लगाउने कार्यक्रम सुरु भई फागुन २ गते सम्म पूरा गर्ने लक्ष्य राखिएको छ जोसीले बताउनुभयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID