लमही महोत्सवमा गुणस्तरीय खाद्य सामग्रीका लागि संघको कडा अनुगमन

आलोक भावुक

लमही, २२ माघ। देउखुरी उद्योग वाणिज्य संघको आयोजनामा लमहीमा जारी सातौं कृषि पर्यटन तथा व्यापारिक महोत्सवमा संघले खाद्य सुरक्षालाई विशेष प्राथमिकता दिँदै छड्के चेकजाँचलाई तीव्रता दिएको छ।

संघका अध्यक्ष कमल जंग सिंह ठकुरीका अनुसार महोत्सवमा राखिएका विभिन्न स्टलहरूको अनुगमन गरिएको छ।

महोत्सवमा राखिएको स्टलमा अखाद्य तथा म्याद नाघेका सामग्री बिक्री-वितरण हुन नदिन छड्के अनुगमन गरिएको देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकुरीले जानकारी दिनु भयो।

महोत्सवमा राखिएको स्टलहरुको हामी छड्के अनुगमन गर्ने गरेका छौ, लेवल नरहेको, म्याद नाघेको खाद्य सामाग्रीहरुमा बिक्री वितरण गरेको पाई कार्वाही गर्ने छौ अध्यक्ष ठकुरी बताउनुभयो।

महोत्सवमा आउने दर्शकहरूलाई सुरक्षित र गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउने उद्देश्यका साथ संघले कडाइका साथ अनुगमन गरिरहेको ठकुरीले बताउनुभयो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID