शहिद दिवशको अवसरमा भ्याली पब्लिक इङ्ग्लिस स्कुल गढवामा निशुल्क आँखा शिविर

आलोक भावुक

गढवा, १६ माघ। शहिद दिवशको अवसरमा भ्याली पब्लिक इङ्ग्लिस स्कुल गढवामा निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ।

भ्याली पब्लिक इङ्ग्लिस स्कुल गढवाको आयोजना तथा गढवा बजार कोईलाबास रोडमा रहेको एलिना चस्मा तथा आंखा उपचार केन्द्रको प्राविधिक सहयोगमा निशुल्क आँखा चेकजाँच शिविर सञ्चालन भएको हो।

निशुल्क आँखा चेकजाँच शिविरमा २ सय ५० जनाको आँखा चेकजाँच गरिएको छ। शिविर बाट समस्या देखिएकाहरुको ५० प्रतिशत छुटका साथ उपचार हुने व्यवस्था मिलाएको विद्यालयकी प्रिन्सिपल प्रतिमा केके ले जानकारी दिनुभयो।

साथै विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई आंखामा हुने समस्या, कारण र बचावको बारेमा जानकारी समेत गराईएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण घिमिरेको अध्यक्षता तथा विद्यालयका प्रिन्सिपल प्रतिमा केके अन्य स्वास्थ्यकर्मी तथा विद्यालयका शिक्षक कर्मचारी लगायतकाको सहभागिता रहेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID