प्रेस सेन्टर नेपालकाे २१औं स्थापना दिवस, गढवा बजारमा दीप प्रज्वलन

आलोक भावुक

गढवा, १५ माघ। प्रेस सेन्टर नेपालको २१औं स्थापना दिवसको अवसरमा दाङ देउखुरीको गढवा बजारको मुख्य चोकमा दीप प्रज्वलन गरिएको छ ।

प्रेस सेन्टर नेपाल गढवा गाउँपालिका शाखाले स्थापना दिवसको अवसरमा गढवा बजारको मुख्य चोकमा मैनवक्ती बालेर दीप प्रज्वलन गरेको हो ।

प्रेस सेन्टर गढवा शाखाका अध्यक्ष पुष्पा पौडेलको अध्यक्षता तथा गढवा गाउँपालिका ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरको प्रमुख आतिथ्यता तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गढवा गाउँपालिका गाउँ कमिटी उपाध्यक्ष देवराज यादवको बिशिस्ट अतिथ्यतामा भएको कार्यक्रममा दीप प्रज्वलन गरेर सुरु गरिएको हो ।

दिप प्रज्वलन कार्यक्रममा प्रेस सेन्टर नेपाल गढवा गाउँपालिका शाखाका पदाधिकारी तथा नेकपा माओवादी केन्द्रका विभिन्न पदाधिकारी,विद्यार्थी संगठनका प्रतिनिधिहरु, अन्य विभिन्न पार्टीका नेता, समाजसेवी र स्थानीयहरुको सहभागिता रहेको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID