गढवा, १३ माघ। सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा आज गढवामा गढवा गाउँपालिकाको जलवायु मैत्री कृषि योजनाको मस्यौदा बारे छलफल कार्यक्रम सम्पन्न भएको छ।
छलफल कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलकले जलवायु मैत्री कृषि सम्बन्धि गुरु योजना तयार गर्न आवश्यक रहेको र पालिका त्यसबारे प्रक्रिया अघि बढाउने बताउनुभयो। जलवायु मैत्री कृषि योजनाको गढवा गाउँपालिकाको योजना भएको र त्यसको प्राविधिक सहयोग तथा समन्वय सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले गरेको जानकारी दिनुभयो। सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले तयार पारेको खाकामा अधिकांस बिषयबस्तु समाबेश भनेको र छुटेका बिषयबस्तु लाई समाबेश गरेर अघि बढ्ने बताउनु भयो।
कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल, डिभिजन वन कार्यालय दाङका वरिष्ठ डिभिजनल वन अधिकृत महेन्द्रराज वाग्ले लगायतकाले बिचार राख्नु भएको थियो।
गढवामा खेती योग्य जमिन १४.५० प्रतिशत, वन जंगल ६५.२७ प्रतिशत, चरनक्षेत्र २.८८ प्रतिशत, झाडी ९.७३ प्रतिशत र खोला, नदी, पोखरी र पहाड गरी ०.७३ प्रतिशत रहेको जानकारी गराएका थिए। जलवायु परिवर्तनले निम्ताएको बाढी र खडेरी जस्ता प्रकोपहरु र बालीचक्रमा आएको परिवर्तनले गर्दा गढवा गाउँपालिकाको कृषि प्रणालीमा प्रभाव पारेको जानकारी दिनुभयो
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल,डिभिजन वन कार्यालय दाङका वरिष्ठ डिभिजनल वन अधिकृत महेन्द्रराज वाग्ले, वडाअध्यक्षहरु, वडासदस्य, कार्यपालिका सदस्य, कृषि तथा पशुपंक्षी तथा मत्स्य विकास शाखाका अधिकृत द्वय, अन्य शाखाका शाखा प्रमुखहरु, सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका जलवायु मैत्री कृषि संयोजक निलम त्रिपाठी, कृषि प्राविधिक रक्षा पोख्रेल, सिता चौधरी लगायतको सहभागिता रहेको थियो। छलफल/गोष्टीमा प्रशान्त रावतले प्रशिक्षण दिनु भएको थियो।