गढवामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विकास योजनाहरूको अनुगमन

प्रधानमन्त्री रोजगार कार्यक्रमले विकास निर्माणमा महिला सहभागितामा वृद्धि भएको छ

आलोक भावुक

गढवा, १२ माघ।दाङको गढवा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सम्पन्न भएका योजनाहरुको अनुगमन गरिएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत छनौट भएका श्रमिकहरुले सय दिन काम गर्वे गरी बिभिन्न कार्यहरुमा लागेका छन्।

कार्यहरुको अनुगमन गर्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले प्रधानमन्त्री रोजगार कार्यक्रमका कारण विकास निर्माणमा महिला सहभागितामा वृद्धि भएको बताउनु भएको छ। कार्यक्रम मार्फत हुने विकास निर्माणका कामहरू साना सिँचाइ योजना, बाटो निर्माण, खानेपानी योजन निर्माणमा महिलाको सहभागिता बढेको छ उपाध्यक्ष चौधरीले भन्नु भयो। विकास निर्माणमा सहभागी भएका महिलाहरूले आर्थिक उपलब्धि समेत हासिल गरेको बताउनु भयो।

वडा नम्बर ५ र वडा नम्बर छ मा भए गरेका केही सम्पन्न केही भैरहेको कामको अनुगमन गरिएको हो। अनुगमनको क्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले सय दिनमा श्रमिकहरुबाट हुने काम प्रभावकारी र उदाहरणीय कार्य भएको बताउनुभयो। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडा नम्बर ५ मा सबै भन्दा बढी नयाँ ट्रयाक खोल्ने कार्य भैरहेको ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापाले जानकारी दिनुभयो। पालिकाबाट बजेट बिनियोजन हुन नसकेका तर आवश्यक रहेको ठाउँमा सबैको सहकार्यमा नयाँ ट्रयाक खोल्ने कार्य धमाधम भैरहेको बताउनुभयो।प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गढवा गाउँपालिका वडा नम्बर ५ मा लालपुर देखी प्रनाहा जोड्ने ८ सय मिटर बाटोको नयाँ ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ भने प्रनाहा देखी लोखरपुर जोड्ने करिव ४ सय मिटरको नयाँ ट्रयाक खोल्ने कार्य जारी रहेको छ।

त्यसैगरी गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुर खोलाले कटान गरेको ठाउँमा तारजाली, तटबन्ध र नयाँ ट्रयाक खोल्ने कार्य भैरहेको ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरले जानकारी दिनुभयो।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत भैरहेको कार्यक्रमको अनुगमनमा योजना अनुगमन समितिका संयोजक तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल, ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगर, रोजगार सहायक सत्यपाल यादव, प्रविधिक नदिम मनिहार लगायतकाले सम्पन्न कार्यको नापजाँच तथा अनुगमन गर्नु भएको हो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID