दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड 

गणतन्त्रनेपाल समाचारदाता

दाङ, ११ माघ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाङमा आर्थिक क्रियाकलाप सकारात्मक रुपमा अघि बढिरहेकाले विकासको संभावना फराकिलो बन्दै गएको बताउनुभएको छ।

नेपाल उद्योग व्यापार महासङ्घ दाङको आयोजनामा घोराहीमा भएको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो।

आफ्नै पार्टीको पहलमा प्रादेशिक राजधानी दाङमा बनेको उल्लेख गर्दै आर्थिक क्रियाकलापका हिसाबले दाङ सकारात्मक रुपमा अगाडि बढिरहेकोबताउनुभयो ।

आफूले दाङ जिल्लाको भ्रमणमा विभिन्न सरोकारवालाले गरेको माग र राखेको धारणाप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै यी माग कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो । केही राजनीतिक र केही प्राबिधिक कारणले अघि बढ्न नसकेको टरिगाउँ विमानस्थल अघि बढाउन बिस्तारै राजनीतिक सहमति बन्दै जानु सकारात्मक पक्ष भएको उल्लेख गर्दै उहाँले यसलाई पूर्णता दिन लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै उहाँले लामो समयदेखि रोकिएको घोराही-तुलसीपुर चार लेन सडकको पुरानो ठेक्का तोडेर नयाँ प्रक्रियामा गएकाले अब यो काम पनि अघि बढ्ने जानकारी दिनुभयो । जनयुद्ध कालमा यो सडकमा आफू पनि एकपटक दुर्घटनामा परेको स्मरण गर्दै उहाँले सडक राम्रो नहुँदा धेरै जनाले ज्यान गुमाउने अवस्था दु:खद भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले तुलसीपुर-सुर्खेत, राप्ती लोकमार्ग, सहिदमार्ग, राप्ती स्वास्थ्य प्रतिष्ठान, प्रादेशिक अस्पताल आदिको विकासको लागि आफू र पार्टी गम्भीर रहेको बताउनुभयो । दाङसँग इतिहासदेखि अहिलेसम्म आफ्नो भौतिक र भावनात्मक सम्बन्ध जोडिएकाले यहाँको विकासमा ध्यान दिनु आफ्नो पनि दायित्व भएको बताउनुभयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID