नेपाली जनताको जित भयो : माधव नेपाल

गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३ साउन 

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित भएको बताएका छन् । प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएका नेता नेपालले संसद बैठकपछि नेपाली जनताको जित भएको बताएका हुन् । नेता नेपालसहित २२ जना एमाले सांसदहरुले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।

यससँगै देउवाले १६५ मत पाएका छन् भने विपक्षमा ८३ र मत दिन हुँदैन भन्नेमा १ मत परेको छ । संसदको यो निर्णयले पटक–पटक भएको प्रतिनिधिसभा विघटन गलत भएको पुस्ट्याएको छ’ नेता नेपालले भने, ‘यो प्रतिनिधिसभाले स्थायित्व दिन सक्दैन भन्ने स्थापित गर्न खोजिएको थियो तर त्यो असफल भइ निरंकुश प्रवृत्तिमा अंकुश लागेको छ ।’ साथै उनले जनता, लोकतन्त्र र संविधानको जित भएको बताए ।

त्यस्तै जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको अत्यन्त विध्वंशकारी हर्कत पतन भएको बताएका छन् । संसद बैठकपछि सञ्चारकर्मीसँग बोल्दै डा.भट्टराईले ओलीको हर्कतले उनको पतन हुनु स्वभाविक भएको बताए । ओली सरकार पतनपछि हामीले शेरबहादुर देउवाजीको नेतृत्वमा सरकारमा गएका हौँ’ डा.भट्टराईले भने, ‘यो एक प्रकारको ०६५, ६६ पछि काँग्रेस, माओवादी र मधेशी दलको टुटेको सहकार्य फेरि जोडिएको छ ।’ यो सरकार निर्माण हुनु अहिलेको आवश्यक्ता रहेको समेत उनले बताए ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID