सहकारी क्षेत्रको गुणात्मक विकासका लागि कोपोमिस विश्वसनीय अनलाइन प्रविधि : पालिका अध्यक्ष पोख्रेल

आलोक भावुक

गढवा, ७ माघ।  सहकारी क्षेत्रको गुणात्मक विकासका लागि कोपोमिस विश्वसनीय अनलाइन प्रविधि भएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ। गढवा गाउँपालिका सहकारी शाखाको आयोजनामा सोमबार देखि सुरू भएको  दुईदिने सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीहरुको लागि कोपोमिस तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष पोख्रेलले सो कुरा बताउनुभएको हो। दुइिदिने कोपोमिस तालिम गढवा गाउँपालिकाको सभाहलमा भैरहेको छ ।

सहकारी संघ संस्थाहरूको लागि कोपोमिस तालिम अत्यन्तै महत्वपूर्ण तालिम हो । सहकारी संघ संस्थाहरुको सूचना प्रणाली र नियमित तथ्याङ्क व्यवस्थापनका लागि कोपोमिस अनिवार्य आवश्यकता भएको भन्दै सहकारी क्षेत्रको गुणात्मक विकासका लागि विश्वसनीय अनलाइन प्रविधि भएको गाउँपालिका अध्यक्ष पोख्रेलले उल्लेख गर्नुभयो ।

दुईदिने सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीहरुको लागि कोपोमिस तालिममा गढवा गाउँपालिका भित्रका ३० वटा सहकारी संस्थाका ब्यवस्थापक तथा कर्मचारीहरुको सहभागिता रहेको छ।

कोपोमिस तालिमको प्रशिक्षकमा गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादव र रोजगार सहायक सत्यपाल यादव रहनु भएको छ। तालिमको उद्घाटन सत्रको सञ्चालन रोजगार सहायक सत्यपाल यादवले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID