
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिने बेला पू्र्वप्रधानमन्त्री केपी शर्मा ओली टुप्लुक्क संसद भवन आइपुगेका छन्।
उनले प्रधानमन्त्री देउवालाई हात मिलाएर बधाई र शुभकामना दिएका छन्।
प्रधानमन्त्री देउवाले संसदमा आइतबार राति विश्वासको मत लिँदैछन्। नेपाल पक्षका १५ सांसदहरु पक्ष वा विपक्षमा मत नदिने निर्णय गरी संसद भवनबाट बाहिरिएका छन्।
जनता समाजवादी पार्टीका दुवै समूहले देउवाका पक्षमा मतदान गर्ने निर्णय गरिसकेकाले देउवाले विश्वासको मत पाउने निश्चित छ।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




