गढवा गाउँपालिकामा जलवायु मैत्री झोलमल तयारी तालिम सम्पन्न

आलोक भावुक

गढवा, २२ पौष। सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा बुधबार गढवा गाउँपालिका वडा नम्बर ५ खज्रौटामा एकदिने जलवायु मैत्री तथा झोलमल तयारी सम्बन्धि तालिम सम्पन्न भएको छ।

तालिममा १७ जना कृषकहरूको सहभागिता रहेको थियो। कृषकहरुलाई जलवायु मैत्री कृषि ३ प्रकार(झोलमल१, झोलमल २,झोलमल) सम्बन्धी जानकारी गराउनुको साथै झोलमल ३ को बारेमा सहभागी कृषकहरु लाई जानकारी गराईएको थियो।

झोलमल ३बनाउनको लागि स्थानीय स्रोत साधन(गोबर गहत बनस्पतिको पात निम, असुरो, बकेना, आंक, मेवा आदी) बाट बनाउन सकिने बारे जानकारी दिईएको जलवायु मैत्री कृषि कार्यक्रम संयोजक निलम त्रिपाठीले जानकारी दिनुभयो।

कार्यक्रमको सहजिकरण आत्मनिर्भर सेवा केन्द्रकी जलवायु मैत्री कृषि संयोजक निलम त्रिपाठी र कृषि प्राविधिक रक्षा पोख्रेलले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID