माओवादी केन्द्र गढवा गाउँपालिको तेस्रो अधिवेशनबाट अध्यक्षमा घिमिरे निर्बाचित

आलोक भावुक
गढवा २२, पौष। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गढवा गाउँपालिको अध्यक्षमा तिलक घिमिरे सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको छ । सम्पन्न तेस्रो गढवा पालिका अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
जसको उपाध्यक्षमा सोभा रावत क्षेत्री,गया प्रसाद यादव, रमा कुमारी चौधरी, सचिवमा देवराज यादव, कोषाध्यक्षमा शुव बहादुर कुमाल निवार्चित हुनुभएको छ ।
पार्टीका जेष्ठ सदस्य तुल्सीराम चौधरीको अध्यक्षता तथा एवं माओबादी केन्द्र का लुम्बिनी प्रदेश सभा सदस्य तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य सम्पन्न भएको छ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटि सदस्य यमनारायण शर्मा पोख्रेलले टिके प्रथा अन्त्य गर्दै सबैको साझा छलफल बाट पालिका कमिटि गठनको प्रक्रिया अपनाईएको बताउनुभयो । सबैको साझा छलफलबाट गढवा गाउँपालिका कमिटी गठन गर्नुको अर्को उत्तम बिकल्प नहुने बताउनु भयो।
३६ जना निर्वाचित भएका छन भने केही थप गर्ने गरी ९ सदसीय शुव बहादुर कुमाल, मनिराम पौडेल, कुल बहादुर घर्ति, सृजना चौधरी र शिवलाल पोख्रेल, ओम हरी चौधरी र बांकी लाई मनोनित गरेको निर्वाचन समितिका संयोजक गोबिन्द केसीले जानकारी दिनुभयो।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीको तेस्रो अधिवेशन गत पौष १७ गते गढवामा निर्माण भएको गढवा कृषि उपज संकलन केन्द्रको प्राङगणमा सम्पन्न भएको थियो।
 कार्यक्रमको सहजिकरण माओवादी केन्द्रका नेता तथा २ नम्बर वडाध्यक्ष भक्तु चौधरीले गर्नु भएको थियो।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID