गढवाको बाकीमा १० दिने डल कुसन बनाउने तालिम सुरु

आलोक भावुक

गढवा, १६ पौष। गढवा गाउँपालिका वडा नम्बर ५ बाकीमा मंगलवार देखि १० दिने डल कुसन बनाउने तालिम सुरु भएको छ।

गढवा गाउँपालिकाको आर्थिक समृद्धीको आधार लघु उद्यम मार्फत रोजगार भन्ने मुल नाराका साथ गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गढवा उद्यम विकास शाखाको आयोजनामा १० दिने डल कुसन बनाउने तालिम दिन थालिएको हो।

तालिमको प्रशिक्षकमा स्थानीय प्रशिक्षक सोनी चौधरी रहनु भएको छ। सोनी चौधरी गढवा गाउँपालिका द्वारा विभिन्न समयमा सञ्चालन भएको तालिम बाटै तालिम लिएर उहांले व्यवसाय नै सञ्चालन गर्नु भएको छ। सोनी डल कुसन मात्र होईन होजियारी स्तरोन्नति तालिम, ढकिया बुनाई तालिम, डल कुसन बनाउने तालिम लगायत थुप्रै क्षेत्रमा तालिम दिने साथै आफु पनि व्यवसायीक रुपमा काम गरिरहनु भएको छ।

१० दिने डल कुसन बनाउने तालिमको उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले डल कुसन बनाउने तालिम स्तरोन्नति तालिम भएकोले यस १० दिने तालिम पश्चात् अनिवार्य रुपमा व्यवसायिक रुपमा काम गर्नु अनुरोध गर्नुभयो । महिला शसक्तिकरण, सामुहिक व्यवसाय मार्फत आत्मनिर्भर बन्नको लागि गढवा गाउँपालिकाले बिभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताउदै आत्मनिर्भर बन्न व्यवसाय नै अन्तिम बिकल्प भएको बताउनुभयो।

१० दिने डल कुसन बनाउने तालिममा वडा नम्बर ५ का १० जना महिलाहरुको सहभागिता रहेको छ। गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ५ कि महिला सदस्य खिमा डाँगी, प्रेस संयोजक आलोक भावुक, उद्यम विकास शाखाकी सहजकर्ता मिना चौधरी र बिनु भुजेल लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका उद्यम विकास शाखाकी मिना चौधरीले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID