गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम पौष ११ गते कोईलाबासमा हुने

आलोक भावुक

गढवा ९ पौष । गढवा गाउँपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम पौष ११ गते हुने भएको छ ।

पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गढवा गाउँपालिका वडा नम्बर ८ कोईलावासको बसपार्कको प्राङगणमा हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले जानकारी दिनु भएको छ ।

पौड्यालका अनुसार सार्वजनिक सुनुवाइ कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ मा गाउँपालिकाले प्रदान गर्ने सेवा प्रवाह, भइरहेका काम र गाउँपालिकासँग सम्बन्धित विविध विषयमा छलफल हुनेछ ।

गाउँपालिकाका निवर्तमान जनप्रतिनिधि, गाउँपालिका क्षेत्रभित्र क्रियाशिल सम्पूर्ण राजनैतिक दल, सरकारी तथा गैरसरकारी संघ संस्था, ईलाका प्रहरी कार्यालय गढवा, क्याम्पस तथा विध्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी, बैंक तथा वित्तीय संस्था, वन तथा वातावरण संरक्षण समन्वय समिति, चुरे संरक्षण विकास समिति, सामुदायिक वन, बडका पथ सिचाई आयोजना, टोल विकास संस्था, उपभोक्ता समितिकाका पदाधिकारी, नागरिक समाज लगायत सम्पूर्णका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी/पत्रकार, सेवाग्राही साथै गढवाबासीलाई उपस्थितिको लागि अनुरोध गरिएको छ ।

कार्यक्रम अपरान्ह १२ बजेबाट सुरु हुने गढवा गाउँपालिकाले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ ।

सार्वजनिक सुनुवाई २०८१ पौष ११ गतेका दिन गढवा गाउँपालिकाबाट दिने अत्यावस्यक सेवा बाहेक अन्य सेवा प्रवाह बन्द रहने गढवा गाउँपालिकाले जनाएको छ।

मा प्रकाशित