गढवा २ कोठरीमा निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न, १२५ जनाले लिए सेवा

आलोक भावुक

गढवा, ६ पौष। गढवा गाउँपालिका, नेपाल नेत्रज्योति संघ, राप्ती आँखा स्वास्थ्य कार्यक्रम, तथा लमही आँखा अस्पतालको सहकार्यमा गढवा–२ कोठरीमा आयोजित एकदिने निशुल्क आँखा चेकजाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त शिविरमा १ सय २५ जनाको आँखा परीक्षण गरिएको थियो, जसमा २२ जना मोतिबिन्दु र ३ जनाको आंखामा मासु पलाएको बिरामी पत्ता लागेका छन्।

शिविरमा ५६ जनालाई नजिको निशुल्क चस्मा वितरण गरिएको छ। एकीकृत आँखा उपचार केन्द्र, गढवा–३ गोबरडियाकी प्रमुख शीतल कुमारी चौधरीका अनुसार, शिविरमा ४९ महिला र ७६ पुरुषको आँखा जाँच गरिएको थियो।

लमही आँखा अस्पतालले NABP-I CARE NORBAY र SILON CENTRE KOREA को आर्थिक सहयोगमा अत्याधुनिक PHACO प्रविधिबाट शल्यक्रिया गर्दा ५०% छुट प्रदान गरिनेछ। साथै, अति गरिब तथा विपन्न नागरिकहरूको लागि SICS प्रविधिमार्फत निशुल्क शल्यक्रिया गरिने व्यवस्था गरिएको एकीकृत आँखा उपचार केन्द्र गढवा ३ गोबरडिहाकी प्रमुख शीतल चौधरीले जानकारी दिनुभयो।

तर PHACO प्रविधिमा शल्यक्रिया गर्दा नामदर्ता, ल्याब टेस्ट, औषधी, र कालो चस्माजस्ता खर्च बिरामीले आफैं व्यहोर्नुपर्ने प्रमुख चौधरीले बताउनुभयो।

यस प्रकारका कार्यक्रमले ग्रामीण भेगका नागरिकहरूको आँखा स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID