
गढवा, ५ पौष। जनसहभागिता उपभोक्ता सहकारी संस्था लिमिटेड गढवाको १५औं वार्षिक साधारण तथा अधिवेशन शनिबार गढवामा सम्पन्न भएको छ।
सहकारी संस्थाका अध्यक्ष गंगा राम यादवको अध्यक्षता तथा गढवा गाउँपालिका ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
१५ बर्ष पहिले स्थापना गरिएको सहकारी संस्था पछिल्लो समयमा सोचे जस्तो सहकारीको मुल्य मान्यता अनुसार काम गर्न नसकेको प्रमुख अतिथि तथा गढवा गाउँपालिका ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरले बताउनुभयो। लाखौ रुपैयाँ सहकारीका बिभिन्न ब्यक्तिहरुले ऋण लिएको र ऋण नबुझाउदा सहकारी धारासायी बन्दै गएको बताउदै वडाध्यक्ष आलेले सहकारी संस्था बचाउन हिसाव किताब पारदर्शी र सहकारीको मुल्य मान्यता अनुरुप अघि बढ्नु पर्ने बताउनुभयो। सहकारी संस्थाले मलखाद मात्र नभई बिक्री वितरण नगरी अन्य उत्पादन मुलुक क्षेत्रमा काम गर्नु पर्ने बताउनु भयो। सहकारी संस्था लाई सेवा सेवामुखी कार्यक्रम ल्याउनु पर्ने आग्रह समेत गर्नु भयो।
सम्पन्न १५औं वार्षिक साधारण सभा तथा अधिवेशनले राम भरोस चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन समेत गरेको छ। जस्को उपाध्यक्षमा दिपा पुन, सचिवमा भरत पन्त, कोषाध्यक्षमा मायादेवी यादव र सदस्यहरुमा विर सिंह थापा, धनिराम यादव, मञ्जु थापा पुन रहनु भएको छ।
सम्पन्न अधिबेशनले मायादेवी यादवको संयोजकत्वमा ३ सदस्यीय ऋण असुली उपसमिति समेत गठन गरेको छ। जस्को जसको सदस्यहरुमा फर्सुर्म गैरे र उमानाथ यादव रहनु भएको छ।
त्यसैगरी भरत कुमार पन्तको संयोजकत्वमा ३ सदस्यीय लेखा समितिमा गठन गरिएको छ। जस्को सदस्यहरुमा राम निवास यादव, चुरामनी यादव रहनु भएको छ।
१५औं वार्षिक साधारण सभा तथा अधिवेशनमा सहकारी संस्थाका कोषाध्यक्ष राम भरोस चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण जगदिश यादवले गर्नु भएको थियो।
