नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गढवा ८ नं. वडाको अधिबेशन सम्पन्न

आलोक भावुक

गढवा, १ पौष । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गढवा गाउँपालिका वडा नम्बर ८ को वडाधिबेसन मंगलवार कोईलाबासमा सम्पन्न भएको छ ।

८ नम्बर वडा कमिटिका अध्यक्ष चन्द्र बहादुर बिकको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यमा तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटि सदस्य तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको विशिष्ट आतिथ्यमा तेस्रो वडा अधिबेशन सम्पन्न भएको हो।

तेस्रो अधिबेशनमा बोल्दै प्रमुख अतिथि तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले विकाशमुखी राजनीतिक नेकपा माओबादी केन्द्र बाहेक अन्यले गर्न नसकेको बताउनुभयो। माओवादी केन्द्रले बिकाशमुखी राजनीतिक नगरे सम्म जनताको अवस्था नफेरीने बताउदै संघ, प्रदेश र स्थानीय तहबाट गढवा गाउँपालिका वडा नम्बर ८ का लागि करोडौ बजेट विनियोजन गरी बिकाशको गतिमा अघि बढेको बताउनुभयो। कोईलाबास बजार, खबरीनाका र मुसीनाकाका जनतालाई प्रत्यक्ष रुपमा फाईदा पुग्ने गरी करोडको बजेट बिनियोजन गरेतापनि स्थलगत रुपमा सोचे जस्तो कार्य नभएकोले बिकाश योजनाको काममा खबरदारी गर्न आवश्यक रहेको बताउनुभयो।

त्यसैगरी अधिबेशनमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटि सदस्य तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाको फोकस कोईलाबास बजार पुनः सञ्चालन र ८ नम्बर वडामा केन्द्रित भएको बताउनुभयो। कोईलाबास खबरीनाका र मुसीनाका लगायतका क्षेत्रमा बिकाश गर्न सहज नभए पनि संघ प्रदेस र स्थानीय तहबाट बजेट बिनियोजन गरी विकाशको कामलाई निरन्तरता दिएको बताउनुभयो। खबरी र मुसीनाकामा कुटानी र पिसानीको मेसिन जडानको प्रकृया अघि बढेको बताउदै प्रदेश कमिटि सदस्य पोख्रेलले ८ नम्बर वडा बिशेष गरी कोईलाबास, मुसीनाका र खबरीनाकाका बाख्रा पालनका लागि उपयुक्त भएकोले बाख्रा पालनमा जोडिनु पर्ने बताउनुभयो। गढवा गाउँपालिकाभरीका कृषि तथा पशु पालनको क्षेत्रमा काम गर्ने कृषकहरुको लागि गाउँपालिकाले भिटा परियोजनाका मार्फत ठुलो लगानी गरेको बताउदै पालिकाको भिटा परियोजना बाट लाभ लिनु पर्ने बताउनुभयो। ८ नम्बर वडामा महिला शसक्तिकरण, आत्मनिर्भरका लागि व्यवसायीक रुपमा बाख्रा पालन तर्फ लाग्न सुझाव समेत दिनु भयो।

त्यसैगरी अधिबेशनमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीका अध्यक्ष तिलक घिमिरेले ८ वटै वडामा अधिबेशन सकिएकोले अब गढवा गाउँपालिका स्तरीय अधिवेशन सम्पन्नका लागि माओवादी केन्द्र एकजुट र शशक्त रुपमा लाग्नु पर्ने बताउनुभयो। जनताको आशाको केन्द्र बिन्दु नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाहेक अन्य पार्टीसंग आस गर्न सक्ने अवस्था नरहेको बताउनुभयो।

सम्पन्न अधिबेशनले ८ नम्वर वडाका अध्यक्ष चन्द्र बहादुर बिकको अध्यक्षतामा २१ सदस्यीय नयाँ वडा कमिटि चयन गरेको छ । जसको उपाध्यक्षमा कर्ण बहादुर घर्ति, सचिवमा मनोज श्रेष्ठ,सहसचिवमा खिम बहादुर रांगु मगर, कोषाध्यक्षमा उर्मिला बुढा र सदस्यहरुमा फिरोज खां, मिना थापा महमत समिम, दिलमाया बिक, प्युमाली थापा, सत्य प्रसाद घिमिरे, पुर्ण बहादुर थापा, किशोर सिंह ठकुरी, रमेश गुरुङ, खिम बहादुर बिक, धन बहादुर घर्ति, बादल थापा, मन माया गुरुङ रहनु भएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID