सम्भोग बढी, झगडा कम : डेढ वर्षमा कोरोनाले फेरिदियो जोडीको यौनजीवन

एजेन्सी

कोरोना महामारीको सुरुवाती समयमा थुप्रै विशेषज्ञलाई लागिरहेको थियो कि कोभिड–१९ को तनावका कारण मानिसहरुको रोमान्टिक जीवन ध्वस्त हुनेछ । तर हालै गरिएको एक अनुसन्धानमा पत्ता लागेको छ कि महामारीको समयले मानिसहरुको सम्बन्ध उत्कृष्ट बनाउने काम गरेको छ ।

Monmouth Universityद्वारा फेब्रुअरीमा जारी गरिएको एक राष्ट्रिय अनुसन्धानका अनुसार ७० प्रतिशत रोमान्टिकल्ली कमिटेड अमेरिकी आफ्नो सम्बन्धबाट पूर्णतः सन्तुष्ट छन् । यो आँकडा पछिल्लो सर्वेक्षणको तुलनामा ११ अंकले बढी छ । यस्तो अनुसन्धान विश्वविद्यालयले पछिल्लो ६ वर्षदेखि गराउँदै आएको छ ।

यी आँकडाको रेखदेख गर्ने पार्टनरशिप साइकोलोजिस्ट तथा डा. गेरी लेवान्डोव्स्की भन्छिन्, ‘हामी सम्बन्धप्रति एक कठोर दृष्टिकोण राख्ने गर्छौं जसमार्फत् हामीलाई सम्बन्धमा सम्भावित समस्या बुझ्न मद्दत मिल्छ ।’

‘महामारी होस् वा नहोस् सम्बन्धमा नजिक यत्तिकै भइँदैन । केही शर्त यस्ता छन् जसले सम्बन्धलाई अरुको तुलनामा बढी बलियो बनाउँछ,’ उनी भन्छिन् ।

न्यू जर्सीमा बस्ने २५ वर्षका डेनियल रक कप्लिनले सम्बन्धको यो गहिराइलाई निकै सुक्ष्म ढङ्गले बुझाएका छन् । अघिल्लो वर्ष लकडाउनमा डेनियल आफ्नी प्रेमिकासँग करिब एक वर्षसम्म क्वारेन्टिनमा बसे । तर प्रेमिका आफ्नो परिवार भए ठाउँ जाँदा यी दुई अलग्गिनु पर्यो । डेनियलका अनुसार प्रेमिकासँग जोडिइरहनका लागि गरिएको कडा मिहिनेतले उनीहरुलाई थप नजिक ल्याइदियो ।

डेनियल भन्छन्, ‘यस्तो परिस्थितिमा तपाईंहरु सँगै बस्नुबाहेक अरु विकल्प रहँदैन । यसका कारण तपाईंको मनमा अनावश्यक विचार आउँदैन । जस्तै – के मेरो पार्टनरले मलाई साँच्चै नै मन पराउँछन् ? वा के मेरा पार्टनर मसँग बस्न चाहन्छन् ? क्वारेन्टिनमा बस्दा मलाई महसुस भयो कि हामी साँच्चै नै एक–अर्कासँग कुरा गरेर निकै खुसी हुन्छौं ।’

त्रिनिदादको आइल्याण्डमा बस्ने २७ वर्षकी लतिफा लिवरपूल सात वर्षदेखि आफ्ना प्रेमीसँगै बसिरहेकी छिन् । उनले भनिन्, ‘महामारी अघि हामी दुई यात्रा र पार्टीमा आफ्नो समय व्यतित गर्दथ्यौं । तर लकडाउनले हामीलाई नयाँ ढङ्गले एक–अर्कालाई बुझ्ने मौका दियो । हामी दुबैले अचानक एक–अर्काको मनपर्ने टिभी शो सँगै बसेर हेर्ने मौका पायौं ।’

लतिफाका अनुसार हामीले वास्तवमा एक अर्कालाई बुझ्न सुरु गरेका थियौं । उनले आफ्नो पार्टनरको एउटा मनपर्ने शोको कुरा गर्दै भनिन्, ‘उनले निकै उत्साहित भएर मलाई शोको ब्याकस्टोरी सुनाउने गर्दथे । यसमार्फत् मैले उनको बाल्यकालबारे पनि धेरै कुरा थाहा पाउने मौका पाएँ । ’

लतिफाले आफूहरु पहिलाको तुलनामा बढी रोमान्टिक भएको र अली बढी नै इन्टिमेट हुन थालेको पनि बताइन् ।

मिनेसोटामा बस्ने ४५ वर्षका ग्लेन इर्विन फ्लोरेस भन्छन्, ‘म आफ्नी श्रीमतीसँग सधैं वाकमा जान्थेँ, यसका कारण उनलाई महसुस हुन्थ्यो कि म उसलाई कति केयर गर्छु । हामीबीच बढेको फिजिकल एक्टिभिटीले कठोर मुद्दामा खुलेर कुरा गर्न सहज बनाइदिएको थियो ।’

फ्लोयेरले भने, ‘मैले रक्सीको लत छोडेको थिएँ । अब हामी एक–अर्कासँग समय बिताउन थालेको थियौं । एक अर्कालाई सुन्न थालेको थियौं । समय पछि एक–अर्कालाई समय नदिँदा हाम्रो सम्बन्ध निकै खराब भएको थियो । एकपटक त यस्तो समय आएको थियो जब हामीले म्यारिज काउन्सिलबारे सोच्न थालेका थियौं ।’

शिकागोस्थित कपल्स थेरापिस्ट शेमियाह डेरिक भन्छिन्, ‘तनावका बीच पनि महामारीका कारण भएको लकडाउन र सामाजिक दुरीले दौडधुपयुक्त जीवनलाई बिराम दिने काम गरेको छ । मानिसहरु आफ्नो पार्टनरसँग गुणस्तरीय समय व्यतित गर्न थालेका छन् जुन यसअघि निकै कम देख्ने गरिन्थ्यो । यसले सम्बन्धमा थप घनिष्ठता पनि आएको छ । ’

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID