आजकै बैठकमा प्र.म. देउवाले विश्वासको मत लिने कार्यसूची तय

गणतन्त्र नेपाल संवाददाता, ३ साउन

संघीय संसद प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । बैठकले आजै प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय गरेको छ ।

सिंहदरबारस्थित संसद सचिवालयमा बसेको बैठकमा प्रतिनिधिसभाको आजको पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने, सरकारले ल्याएको अध्यादेशहरू टेबल गर्ने र शोक प्रस्ताव प्रस्तुत हुने निर्णय भएको छ ।

त्यस्तै गरी, दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

प्रतिनिधिसभाको बैठक दिउँसो ४ बजे बस्दैछ ।

मा प्रकाशित