गढवामा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने अभियान सुरु 

आलोक भावुक

गढवा, २४ मंसिर । दाङको गढवा गाउँपालिकामा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने अभियान आइतबारदेखि शुरु गरिएको छ।

कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा परिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै गढवा गाउँपालिकाकाे आठ वटै वडाका ६ देखि ५९ महिना सम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्न लागिएको हाे। यो अभियानकाे आइतबार वडा नम्बर ६ कुमाल गाउँबाट औपचारिक रूपमा शुरु गरिएको छ ।

हेलन केयर, आईडिईको सहयोगमा व्याकवार्ड सोसाइटी एजुकेशन (बेस) संस्था द्वारा सञ्चालित ‘पोषण मार्फत जीवन रूपान्तरण परियोजना’ अन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको हो।

बालबालिकाको पाखुराको बिच भागको परिधी मापन गरेर कुपोषणको अवस्था वर्गीकरण गरिन्छ। यसरी नाप लिदा ५.५ सेन्टिमिटर देखि ११.५ सेन्टिमिटर, कडा कुपोषण (रातो चिन्ह), ११.५ सेन्टिमिटर देखि १२.५ सेन्टिमिटर, मध्यम कुपोषण (पहेलो चिन्ह) र १२.५ सेन्टिमिटर भन्दा माथि सामान्य अवस्था मानिन्छ । गढवा गाउँपालिकाका ८ वटै वडाका महिला स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकाको पाखुराको नाप लिइने योजना रहेको डेटा व्यवस्थापन अधिकृत पारस डिसीले जानकारी दिनुभयो।

परियोजनाको पहिलो चरणमा घरदैलोमार्फत सचेतना फैलाउँदै सबै बालबालिकाको मल्टीसेक्टरल एक्याेन् फर न्यूट्रिसन (मुआक) लिने कार्य गरिनेछ। मुआक परीक्षणपछि बालबालिकाको पोषण सुधार गर्न योजना निर्माणमा सहयोग पुग्ने हेलन केयरका फिल्ड संयाेजक अनिल केसीले बताउनुभयो।

पाँच वर्षे अवधिमा पालिकाका सबै वडामा लक्षित उमेर समूहका बालबालिकाको पोषण सुधारका लागि कार्य गरिने संयाेजक केसीले जानकारी दिनुभयो । व्याकवार्ड सोसाइटी एजुकेशन (बेस) संस्थाका जिल्ला सचिव रुपलाल चाैधरीले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रदायक संस्था, वडा स्तरीय स्वास्थ्य संरचना र सरोकारवालाबीच समन्वय गरेर पोषण सुधारका प्रयासलाई अघि बढाइने बताउनुभयो।

बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने अभियान शुभारम्भ कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकामा कुपोषण अवस्था भयावह रहेको बताउदै लुम्बिनी प्रदेश नेपालको सबैभन्दा बढी कुपोषण भएको प्रदेश भएको बताउनुभयो। कुपोषणको अवस्था पत्ता लगाउन र समाधानका लागि डाटा संकलनगर्न केन्द्र, प्रदेश र स्थानीय सरकारले हेलन केयर, आईडिईको सहयोगमा व्याकवार्ड सोसाइटी एजुकेशन (बेस) संस्था संग सहकार्य गरेर कार्यक्रम अघि बढाएको बताउनुभयो। यस कार्यक्रममा हेलन केयर, आईडिईको सहयोगमा व्याकवार्ड सोसाइटी एजुकेशन (बेस) संस्था संग सहकार्य मात्र नभएर आर्थिक सहयोग गरेर सहकार्य गरी कार्यक्रम अघि बढाएको बताउनुभयो। बेस संस्थाले गढवा गाउँपालिकामा सहजीकरण गरेको बताउनुभयो। आमालाई पोषण नपुगेको कारण बच्चामा कुपोषणको बढी देखिने गरेको बताउदै पालिकाध्यक्ष पोख्रेलले गर्भ अवस्थाबाट बच्चालाई पोषण पुर्याउने र गढवा गाउँपालिका लाई कुपोषण मुक्त पालिका बनाउने उद्देश्य सहित कार्यक्रम अघि बढेको बताउनुभयो।

बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने अभियान शुभारम्भ कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले गढवा गाउँपालिकाले बालबालिका र मातृ स्वास्थ्य सुधार गर्न बिभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउदै पोषण, बाल अधिकार, र बालविकासलाई प्राथमिकता दिइएको बताउनुभयो। बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने अभियानबाट कुपोषणको डाटा संकलन गरी उपचार बारे ठोस् कार्यक्रम अघि बढाउने उपाध्यक्ष चौधरीले बताउनुभयो।

गढवा गाउँपालिका वडा नम्बर ६ का कार्यबाहक अध्यक्ष गोबिन्द रोका मगरको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो कार्यक्रममा गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्द, गढवा स्वास्थ्य चौकीका प्रमुख सुर्य नारायण यादव, व्याकवार्ड सोसाइटी एजुकेसन दाङ जिल्ला सदस्य हेमन्त कुमार चौधरी, परियोजना संयोजक सुरेश चौधरी, गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक, फिल्ड अधिकृत अनिल केसी, डेटा व्यवस्थापन अधिकृत पारस डिसी, सामुदायिक परिचालकद्वय नारायणी डिसी घर्ति, शारदा चौधरी लगायतको सहभागिता रहेको थियो।

व्याकवार्ड सोसाइटी दाङका सदस्य हेमन्त चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण व्याकवार्ड सोसाइटी एजुकेसनका सामाजिक परिचालन शारदा चौधरीले गर्नु भएको थियो ।

मा प्रकाशित