गढवा २ वडामा लैङ्गिक हिंसा न्युनिकरण तथा मानवअधिकार रक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न 

आलोक भावुक

गढवा, २२ मंसिर । हामी सबैको प्रतिबद्धता :लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्ध भन्ने मुल नाराका साथ बुधबार गढवा गाउँपालिका वडा नम्बर २ मा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत लैङ्गिक हिंसा न्युनिकरण तथा मानव अधिकार रक्षा सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।

गढवा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष भक्तु चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।

लैङ्गिक हिंसा न्युनिकरण तथा मानवअधिकार रक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पहिलेको तुलनामा समाजमा धेरै चेतना बढेको बताउनुभयो। पहिलेको समयमा हिंसाका घटना लगाएतका जघन्य अपराध पनि सकभर लुकाउले अवस्था थियो भने अहिले न्यायका लागि वडा, गाउँपालिका, प्रहरी हुदै अदालत सम्म पनि पुग्ने तर लैङ्गिक हिंसाका घटना जघन्य अपराध सहन गरेर बस्नु पर्छ भन्ने मानसिक्ता प्रायमा छैन-अध्यक्ष पोख्रेलले भन्नु भयो । हिंसामा परेपछी लुकाउने दबाउने कार्यले हिंसाका घटना झन बढ्ने भएकोले हिंसा गर्न पनि नहुने र सहन गर्न पनि नहुने बताउदै हिंसामा परे वडा कार्यालय, न्यायिक समिति हुदै कानुनीरुपमा अघि बढ्नु पर्ने बताउनुभयो।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारीले लैङ्गिक हिंसा बिरुद्धको अभियान सफल पार्न सबैको साझा प्रयास र साथ सहयोग आवश्यक पर्ने बताउनु भएको थियो। हिंसामा पर्ने जो कोही पनि गढवा गाउँपालिका न्यायिक समितिमा उजुरी दिए न्याय दिने बताउनुभयो।

कार्यक्रममा न्यायिक समिति सदस्य रेखा थापा महिला माथि हुने हिंसा अत्यन्तका लागि महिला जागरुक हुनु पर्ने बताउनु भएको थियो।

कार्यक्रममा गढवा गाउँपालिका न्यायिक समितिका सदस्य रेखा कुमारी थापा, देवीलाल थारुकुमाल,वडासदस्यहरु राधेश्याम थारु कुमाल, जगमति यादव, न्यायिक समितिका उजुरी प्रशासक सुरेश पौडेल लगाएत ४५ जना भन्दा बढीको सहभागिता रहेको थियो।

कार्यक्रममा लैङ्गिक हिंसा परिभाषा, हिंसाका प्रकार, हिंसा हुने सक्ने सम्भावित परिस्थिति, बचाव र कानुनी प्रावधान वारे जानकारी गराईएको थियो।

लैङ्गिक हिंसा न्युनिकरण तथा मानव अधिकार रक्षा सम्बन्धी कार्यक्रमको प्रशिक्षकमा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले र अधिवक्ता तथा गढवा गाउँपालिकाका कानुनी सल्लाहकार लुम बहादुर कार्की रहनु भएको थियो।

गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा आठवटै वडामा लैङ्गिक हिंसा बिरुद्धको अभियान सञ्चालन भैरहेको छ। कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रेरणा चन्दले गर्नु भएको थियो ।

 सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उहाहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।

 महिला विरुद्धको हिंसा उन्मूलनको अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर–२५) मा सुरु भई अन्तर्राष्ट्रिय मानवअधिकार दिवस (डिसेम्बर १०) का दिन यस १६ दिने अभियान समापन हुने गर्छ । सन् १९९१ मा महिलाको विश्वव्यापी नेतृत्व रुपी संस्थानले यस अभियानको आयोजना गरेको थियो । विश्वका एक सय ८७ देशले यो अभियान मनाउँदै आएका छन्।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID