
गढवा, २२ मंसिर। दाङ देउखुरीको गढवा गाउँपालिका न्यायिक समितिको आयोजनामा शुक्रबार गढवा गाउँपालिका वडा नम्बर २ का जनतासंग कानुनका विषयमा न्यायिक संवाद कार्यक्रम सम्पन्न भएको छ।
गढवा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष भक्तु चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।
जनतासंग कानुनका विषयमा न्यायिक संवाद कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पहिलेको तुलनामा समाजमा धेरै चेतना बढेको बताउनुभयो। पहिलेको समयमा हिंसाका घटना लगाएतका जघन्य अपराध पनि सकभर लुकाउले अवस्था थियो भने अहिले न्यायका लागि वडा, गाउँपालिका, प्रहरी हुदै अदालत सम्म पनि पुग्ने तर लैङ्गिक हिंसाका घटना जघन्य अपराध सहन गरेर बस्नु पर्छ भन्ने मानसिक्ता प्रायमा छैन-अध्यक्ष पोख्रेलले भन्नु भयो । हिंसामा परेपछी लुकाउने दबाउने कार्यले हिंसाका घटना झन बढ्ने भएकोले हिंसा गर्न पनि नहुने र सहन गर्न पनि नहुने बताउदै हिंसामा परे वडा कार्यालय, न्यायिक समिति हुदै कानुनीरुपमा अघि बढ्नु पर्ने बताउनुभयो।
त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष तथा गढवा गाउँपालिका न्यायिक समितिका संयोजक शारदा कुमारी चौधरीले जनतासंग कानुनका विषयमा न्यायिक संवाद कार्यक्रमबाट न्याय प्रशासन र जनताबीचको दूरी घटाउने र कानुनी प्रक्रिया सरल बनाउने उद्देश्यका साथ आयोजना गरेको बताउनु भएको थियो। वडाबासीलाई कानुन, अधिकार र जिम्मेवारीका विषयमा जानकारी गराउने, मानिसहरूलाई आफ्नो अधिकार उपयोग गर्न र कानुनी सहयोग प्राप्त गर्न सहजीकरण गर्न र स्थानीयस्तरमा कानुनी समस्या र चुनौतिबारे छलफल गरी समाधानका उपाय खोजिने उद्देश्यले यो गाउँपालिकाले कानुन संग सम्बन्धीत कार्यक्रम निरन्तर चलाएको बताउनुभयो ।
सम्पन्न जनतासंग कानुनका विषयमा न्यायिक संवाद कार्यक्रममा गढवा गाउँपालिकाका कानुनी सल्लाहकार तथा अधिबक्ता लुम बहादुर कार्की र गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले प्रशिक्षण दिनु भएको थीयो । जनतासंग कानुनका विषयमा न्यायिक संवाद कार्यक्रममा न्याय प्रणाली, कानुन र कानुनी प्रक्रियाबारे नागरिकलाई जानकारी गराउनुको साथै सहभागिबाट उठेका प्रश्नको उत्तर दिनुका साथै कानुनी विषयमा व्यापक छलफल गरिएको थियो।
कार्यक्रममा न्यायिक समिति सदस्य रेखा थापा, देवीलाल थारु कुमाल २ नम्बर वडाका वडा सदस्य राधेश्याम थारु कुमाल, जगमति यादव, न्यायिक समितिका उजुरी प्रशासक सुरेश पौडेल लगाएत अन्य ४० जना भन्दा बढीको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो।
