
गढवा १७ मंसिर। आयाम बहुउद्देश्यीय सहकारी संस्था लि गढवा दाङले आज एक कार्यक्रमकाे आयाेजना गरि भवन सिलन्यास गरेकाे छ ।
संस्थाकाे गढवा गाउँपालिका वडा नं ७ मा रहेकाे आफ्नै नामकाे जग्गामा भवन बनाउने दशाैं साधारणसभाकाे निर्णय बमाेजिम भवन निर्माण शुरू गरिएकाे संस्थाले जनाएकाे छ ।
संस्थाले एक कार्यक्रमकाे आयाेजना गरि संस्थाका अध्यक्ष ओम प्रकाश बसेलले भवनकाे बिधिवत रूपमा सिलन्यास गर्नु भएकाे हाे । भवन निर्माणकाे काम आजै देखि प्रारम्भ भई ३ महिना भित्र सम्पन्न गरिने भवन निर्माण समितिका संयाेजक एवम् संस्थाका काेषाध्यक्ष समीर खानले जानकारी दिनु भयाे । काम निरन्तर जारी रहन्छ, ३ महिना भित्र काम सम्पन्न गर्ने गरि आवश्यक तयारी गरिएकाे संयाेजक खानले बताउनु भयाे ।
अत्याधुनिक ३ तले भवन निर्माणकाे लक्ष्य राखियता पनि पहिलाे चरण दाेस्राे चरण र तेस्राे चरण गरि काम हुने संस्थाले जनएकाे छ ।
२०७२ सालमा स्थापना भएकाे यश संस्थाले अति विपन्न तथा जेहेन्दार बिद्यार्थी लाई निशुल्क बिद्यालय पाेशाक, स्टेशनरी सेवा, स्वास्थ्य तर्फ एम्बुलेन्स सेवा प्रदान गर्दै अाएकाे छ ।
सामाजिक क्षेत्रमा अग्रपंक्तिमा रहेर काम गर्दै अाएकाे यश संस्थाले यश वर्ष बाट मलखाद बिक्रि बितरण गर्नुका साथै पशु फर्म संचनलन गर्ने निर्णय गरेकाे संस्थाले जनाएकाे छ ।
