गढवामा बाल संजालका पदाधिकारीलाई दुईदिने अभिमुखिकरण

आलोक भावुक

गढवा, १२ मंसिर । बालबालिकाको क्षमता विकास गर्ने उद्देश्यका साथ दाङ जिल्ला गढवा गाउँपालिकाका पालिका स्तरीय बाल सञ्जालका पदाधिकारीहरुलाई दुईदिने अभिमुखिकरण कार्यक्रम सुरु गरिएको छ।

युनिसेफ नेपालको सहयोग तथा गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा दुई दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिका स्तरीय बाल सञ्जालका पदाधिकारी, ८ वटै बाल समूहका पदाधिकारी लगायतको सहभागिता रहेको छ।

दुईदिने अभिमुखिकरण कार्यक्रम उद्घाटन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले तालिममा सिकेका कुराहरु गढवा गाउँपालिकाको ८ वटै वडाको विद्यालयका साथीहरुमा ज्ञान बाँड्ने र बाल सञ्जाललाई ८ वटै वडा नम्बर साथै विद्यालयमा प्रभावकारी ढंगबाट विस्तार र कामहरु गर्नेमा जोड दिनुभयो। बालबालिका लागि भएका यस्ता कार्यक्रमले बालबालिकमा उत्प्रेरणा अभिवृद्धि भई अध्ययन सँगै अतिरिक्त क्रियाकलापमा उनिहरुको सहभागीता बृद्धि हुनुको साथै बालअधिकार र कर्तव्यबारे जानकारी लिन सजिलो हुने बताउनु भयो ।अभिमुखिकरण कार्यक्रमबाट बालबालिकाहरुलाई बाल अधिकार सम्बन्धी आवश्यक ज्ञान प्राप्त हुने साथै बाल बिबाह, बाल हिंसा र बालबालिकाको क्षेत्रमा हुने गरेका काम कर्तव्यको जानकारी हुने उद्धेश्यले अभिमुखिकरण कार्यक्रम आवश्यक रहेको बताउनुभयो।

 

गढवा गाउँपालिकामा बालमैत्री स्थानीय शासन अवलम्बन तथा प्रवर्द्धनका लागि वडा स्तरीय बाल समूह पुनर्गठन तथा बालबालिकाहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न संगै गढवा गाउँपालिका स्तरीय बाल सञ्जाल पुनर्गठन गरिएको थियो । बाल सञ्जाल पुनर्गठन पश्चात बालबालिकाहरुको लागि दुईदिने अभिमुखिकरण कार्यक्रम गर्न लागेको गढवा गाउँपालिकाले जनाएको छ ।

गढवा गाउँपालिकाको आठ वटै वडामा २१ सदस्यीय बाल समूह पुनर्गठन तथा बालबालिकाहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ।

युनिसेफ नेपालकको सहयोगमा बिगत २ बर्षदेखि बालबालिकको क्षेत्रमा गढवा गाउँपालिकामा क्रियाशील युनिसेफ नेपालले बालबालिकाको हक हित र बालमैत्री शासन :बाल अधिकारको सम्मान को निम्ति निरन्तर कार्य गरिरहेको बालमैत्री स्थानीय शासनको बिज्ञ विकिरण गौतम प्रशिक्षण दिई रहनु भएको छ ।

दुईदिने अभिमुखिकरण कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID