गढवामा माओवादी केन्द्रको बिस्तारित बैठक सम्पन्न, मंसिर २५ मा सम्मेलन हुने

आलोक भावुक

गढवा, ९ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गढवा गाउँ कमिटीको विस्तारित बैठक आज आइतबार गढवामा सम्पन्न भएको छ।

बिस्तारित बैठक गढवा गाउँ कमिटीका तिलक घिमिरेको अध्यक्षतामा तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)की केन्द्रीय सदस्य दामा शर्माको प्रमुख आतिथ्यमा तथा लुम्बिनी प्रदेश कमिटि सदस्य यमनारायण शर्माको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको छ।

बैठकले मंसिर महिनाभित्रै वडा र गाउँपालिकाका सम्मेलनहरू सम्पन्न गर्ने निर्णय गरेको गाउँ कमिटी उपाध्यक्ष देवराज यादवले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले आगामी मंसिर २५ गते भव्य कार्यक्रमको आयोजना गरी गाउँपालिका सम्मेलन गर्ने निर्णय गरेको उपाध्यक्ष यादवले जानकारी दिनुभयो।

सम्पन्न बिस्तारित बैठकले सम्मेलन सम्पन्न गर्न विभिन्न व्यक्तिहरुलाई वडा तथा पालिकाकाे संयाेजककाे जिम्मेवारी समेत ताेकेकाे छ । बैठकले सम्मेलन सम्पन्न गर्न निर्वाचन,आर्थिक तथा राजनीति प्रतिवेदन लेखन लगायत विभिन्न समिति समेत गठन गरेको माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीले जनाएको छ।

बैठकमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)की केन्द्रीय सदस्य दामा शर्माले पार्टीलाई मजबुत बनाउन संगठनका लागि नेता कार्यकर्ता र जनतासँग भेट गर्दै विचार र नेतृत्वको आधारमा संगठित तागत निर्माण र समृद्ध समाज निर्माण गर्न सबै आआफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभयो।जागरण अभियान खबरदारी र भ्रष्टाचार बिरुद्धको ठुलो अभियान भएको बताउदै केन्द्रीय सदस्य शर्माले शुसासनको पक्षमा जनतालाई सचेत गराउदै पार्टी सुदृढीकरण गर्ने बताउनु भयो । मंसिर २५ गते हुने बिशाल गढवा गाउँपालिका सम्मेलन सभ्य र भव्य तरिकाले सम्पन्न गर्न सबै लाग्नु पर्ने समेत बताउनुभयो।

बैठकमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य यमनारायण शर्मा पोख्रेलले पार्टी जनताबाट टुट्न नहुने भन्दै जनता केन्द्रित भएर काम गर्न र भए गरेका कामहरुको प्रचार प्रसार गर्नु पर्ने बताउनुभयो।

सो अवसरमा गढवा गाउँपालिका ८ वटै वडाका वडा कमिटिका अध्यक्ष एवं पार्टीका प्रतिनिधिहरुले पार्टीको सांगठनिक अवस्था, जनप्रतिनिधिले गरेका काम, सुझाव, सल्लाह लगायतका विषयमा रिपोर्टिङ गरेका थिए।

बैठकमा पार्टीका गाउँ कमिटीका पदाधिकारी ,जनवर्गीय संगठनका प्रतिनिधि ,गाउँ पार्टी सदस्यहरुकाे सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण गाउँ कमिटीका अध्यक्ष तिलक घिमिरेले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID