विपन्न समुदायको सन्तान्लाई डाक्टर पढाउने कि ?

गणतन्त्रनेपाल समाचारदाता

सविन प्रियासन । दाङ, २९ कार्तिक। पूर्णबहादुरको सारंगी चलचित्र हरेक दृष्टिकोणले सफल अनि सार्थक छ । केहीले यसको बारेमा नकारात्मक टिप्पणी पनि गरिरहेका छन् ।

समाज विभिद भएकाले सबै कुरा सबैलाई मन नपर्न पनि सक्छ । जेजस्तो भएपनि पूर्णबहादुरको सारंगीले नेपालमा सबै भन्दा धेरै दर्शकलाई हलसम्म पुर्याउँछ र कमाईमा पनि यसले सबैलाई जित्छ भन्नेमा शंका छैन । त्यसैले चलचित्र निर्माण टिमसँग अनुरोध छ, यदि चलचित्रले सबैको मन जिते जस्तै चलचित्रबाट भएको कमाईको केही प्रतिशत रकमले चलचित्र भित्र देखाइएको स्कूलको जीर्ण भवनलाई पक्की बनाउने, कुनै एकजना विपन्न समुदायको छोरा होस् वा छोरीलाई डाक्टर पढाउन सकेमा बास्तवमै पूर्णबहादुरको सारंगी चलचित्रले सार्थकता पाउनेछ ।

मरेर लाने केही होइन, कमाईको थोरै सामाजिक कार्यमा लगाउँदा पूण्य मिल्छ । सिर्जनशील कार्य यदि चलचित्रको टिमले गर्न सक्यो भने भोलिका दिनमा अर्को चलचित्रले अझ धेरै सम्मान, नाम, दाम कमाउनेछ ।

सविन प्रियासन (घोराही, दाङ)

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID