गढवा, २८ कात्तिक। तिलगंगा आँखा अस्पताल सिसहनियाँको सहयोग आज बुधबार गढवा २ महदेवा रहेको महदेवा आधारभुत स्वास्थ्य सेवा केन्द्र र गढवा १ कालाकाटेमा रहेको सामुदायिक स्वास्थ्य इकाई कालाकाटेमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ।
निःशुल्क आँखा शिविरबाट १सय ६० जना नागरिक लाभान्वित भएका छन्। महदेवा आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट ९९ जना र सामुदायिक स्वास्थ्य इकाई कालाकाटेमा ६१ जनाले आंखा चेकजाँच गरिएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनुभयो।
तिलगंगा आँखा अस्पतालको निशुल्क आँखा शिविर बाट महदेवामा ११ र कालाकाटेमा ६ जना गरी १७ जना मोतिबिन्दु भएका बिरामीहरु भेटिएको तिलगंगा आँखा अस्पतालले जनाएको छ।
आँखाको उपचारजस्तो संवेदनशील र पुण्य कार्यमा सहयोग पुर्याएकोमा भन्दै महदेवा आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख राम राज पौडेलले अस्पताललाई धन्यवाद दिनु भयो।
शिविरमा मोतियाबिन्दु भएका र आँखामा मासु पलाएका सबैको निशुल्क शल्यक्रिया गरिने तिलगंगा आंखा अस्पतालले जानकारी दिएको छ। १७ जनालाई थप उपचारका लागि अस्पताल बोलाइएको र उहांहरूको शल्यक्रिया अस्पतालले खाना बाहेक सबै निःशुल्क गरिदिने अस्पतालले जनाएको छ।