गढवा गाउँपालिकाद्वारा अति विपन्नका लागि साझेदारीमा घर निर्माण गर्दै

आलोक भावुक

गढवा, २६ कात्तिक। भत्किएको घर हटाएर नयाँ घर निर्माणका खातिर गढवा गाउँपालिकाले अन्य सहयोगी संस्थाहरु संग साझेदारी गरेर अति बिपन्न असहाय र निमुखाहरुको घर निर्माण कार्य सुरु गरेको छ।

गढवा गाउँपालिका, निवास संस्था र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको संयुक्त साझेदारीमा गढवा गाउँपालिका वडा नम्बर ३ खैरा की सरिता चौधरीको घर निर्माण कार्य आज देखि सुरु भएको छ।

आर्थिक अवस्था कमजोर भएका, अति बिपन्न असहाय अशक्तहरुको पहिचान गरी सम्बन्धित वडाको सिफारिसमा घर निर्माण कार्य सुरु गरेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो ।

करिव सात लाखको लागतमा दुई कोठा र एक ट्वाइलेट सहितको घर निर्माण कार्यको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले शिलान्यास गर्नु भएको छ।

साझेदारीमा निर्माण हुन लागेको घर भुकम्प प्रतिरोधक हुने निर्माण कम्पनी ईङ्क्लुसिप डिजाइनर एण्ड बिल्डर्सका शंकर देव चौधरीले जानकारी दिनुभयो।

केही दिनमै गढवा गाउँपालिका वडा नम्बर ५ बाकीका दिशुको घरको निर्माण कार्य सुरु हुने बताईएको छ।

घरको शिलान्यास कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल, ३ नम्बर वडाध्यक्ष तुल्सीराम अधिकारी, वडा सदस्य बिमल चौधरी, राजस्व शाखाका कुलराज कुमाल, इन्जिनियर शेषमणि पौडेल, भिटा परियोजनाका कार्यक्रम संयोजक बसन्त कुमार शर्मा, त्यसैगरी ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको तर्फबाट पार्वती बस्नेत, कमला शर्मा, इन्जिनियर निराजन चौधरी लगायतको उपस्थिति रहेको थियोे।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID