गढवा, २३ कात्तिक । ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा शनिबार गढवा – ४ रामनगरमा सम्पन्न भएको छ।
ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मनिराम चौधरीको अध्यक्षता एवं गढवा लुम्बिनी प्रदेश सरकारका पुर्व स्वास्थ्य मन्त्री तथा प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले छोटो समयमा जनता मन जित्न सफल बचत तथा ऋण सहकारी संस्था भएको बताउदै शुभकामना ब्यक्त गर्नु भएको थियो ।गढवाको समग्र आर्थिक विकासका लागि सहकारीहरुको महत्वपूर्ण भूमिका रहेको बताउदै सभा सदस्य थारुले पालिकामा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुले आर्थिक क्षेत्रमा टेवा पुर्याईरहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै बिशिस्ट अतिथी तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सहकारीले शेयर सदस्यहरुको हितका लागि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराई उहाँहरुलाई आत्मनिर्भर बनाउनका उत्पादनमुलक कार्यमा जोड दिनुपर्ने बताउनुभयो ।
संस्थाको आर्थिक प्रगति प्रतिवेदन तथा आगामी बर्षको कार्य योजनाको बारेमा सहकारी संस्थाका प्रवन्धक ओम प्रकाश चौधरीले प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादव,गढवा गाउँपालिका मेडिकल व्यवसायी धन बहादुर केसी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, सहकारी संस्थाका शेयर सदस्य, बचत तथा ऋणकर्ता र स्थानीयहरुको सहभागिता रहेको थियो ।
संस्थाका गढवा शाखाका कर्मचारी चन्द्रा जिएमको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन शेयर सदस्य अन्जिता चौधरीले गर्नु भएको थियो ।